Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

काँग्रेसले शीर्षनेताका कारण राष्ट्रपति पद गुमायो ः प्रवक्ता शर्मा

\"DSC_1460\"भक्तपुर । एकीकृत माओवादी का प्रवक्ता दीनानाथ शर्माले नेपाली काँग्रेसकै शीर्ष तहका नेताहरुका कारण काँग्रेसले राष्ट्रपतिकोपद गुमाएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा शर्माले काँग्रेसका शीर्ष नेतृत्वले राजनीतिक सहमति स्वीकार्न नसक्दा राष्ट्रिय सहमतिको अन्त्यसँगै काँग्रेसले राष्ट्रपतिको पद गुमाएको बताएका हुन । शर्माले भारतले लगाएको अघोषित नाकाबन्दीले भारत असल छिमेकी नभएको नयाँ पुस्ताले जानकारी पाएको बताए ।उनले विगतमा भारतको नाकाबन्दी झेलेका पुस्ताले भारत नेपाललाई जतिबेला पनि दुःख दिने छिमेकी भएको जानकार भए तापनि २०४६ सालपछिको पुस्ताले भारत असल छिमेकी नभएको जानकारी पाउन सकेको थिएन र यो नाकाबन्दीले भारत कुटिल छिमेकीसमेत भएको नयाँ पुस्ताले जानकारी पाएको बताए । नाकाबन्दीले नेपालीको जनजीवन अस्तव्यस्त बने तापनि यो नाकाबन्दीले अन्य देशसँग सहकार्य गरी अन्तरसम्बन्ध वृद्धि गर्ने र आयातनिर्यातको नयाँ बाटो खुलेको उनको कथन थियो । उनले भने , ‘इन्धनको समस्या समाधानको वैकल्पिक उपायको खोजीमा चीनले अनुदानको इन्धन उपलब्ध गराए तापनि न्यूनतम तीन वर्षका लागि अर्को सहमति हुने र यसले इन्धनको अभावमा सहजता आउनेछ ।’ चीनतर्फका सम्भव भएका सबै नाका खोल्न सरकार लागे यसले अझै आयातनिर्यातमा सहजता आउने बताउँदै प्रवक्ता शर्माले नेपालले भारतसँगको सम्बन्धलाई सुधार गर्दै पैसा तिरेर सामान खरिद गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । तराई अन्दोलनका जायज माग पूरा गर्नुपर्नेमा एमाओवादी पहिलेदेखि नै उभिएको र संविधान संशोधन गर्दै थारू र तराईका जायज मागको सम्बोधन गरिने उनको टिप्पणी थियो । शर्माले हाल सरकारमा गएका मन्त्रीहरुलाई आफ्नो पार्टीले जारी गरेको आचारसंहिताको पालना नगरे जतिखेर पनि मन्त्रीबाट फिर्ता बोलाउन सकिने बताए । नेपालमा कम्युनिस्टहरुको एकताको विषय उठान तत्कालै सम्भव नभएको र कुनै छलफल नभएको बताउँदै शर्माले कालान्तरमा एकता हुने सम्भावनालाई अस्वीकार गर्न नसकिने धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE