Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ग्यासको कालोबजारी बढ्दो

\"LP_gas\"लहान । संयुक्त मधेसी मोर्चाले विगत अढाइ महिनादेखि जारी राखेको आमहडतालको मौका छोपी सिरहामा खाना पकाउने ग्यासको कालाबजारी बढेको छ । आमहडतालका कारण यातायातका साधन नचलेको भन्दै व्यापारीले खाना पकाउने ग्यासको कालोबजारी गर्दै आएका हुन् । बजारमा खाना पकाउने ग्यास थोरै सङ्ख्यामा आउने गरेको मौका छोपी स्थानीय व्यापारीहरु ग्यासको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ । ग्यासको अभाव देखाउँदै स्थानीय ग्यास विक्रेताले तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यासका सिलिन्डर बिक्री गर्दै आएको स्थानीय उपभोक्ता फिरोज सिद्धिकीले बताए । एक सिलिन्डर ग्यासको बिक्री मूल्य रु एक हजार ४०० भए पनि स्थानीय ग्यासका विक्रेताले एक सिलिन्डर दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उनको गुनासो छ । बर्सेनि चाडपर्वको समयमा बजार अनुगमन हुने गरे पनि यसवर्ष कुनै निकायले बजार अनुगमन नगर्दा स्थानीय व्यापारीले उपभोग्य सामानको मनपरी ढङ्गबाट मूल्य बढाएर बिक्री वितरण गर्दै आएका छन् । बजार अनुगमनको जिम्मेवार निकाय स्थानीय प्रशासन, खाद्य तथा गुण नियन्त्रण कार्यालयलगायतले लामो समयदेखि बजार अनुगमन नगर्दा स्थानीय व्यापारीले म्याद गुज्रेका अखाद्य वस्तुहरुको समेत बिक्री वितरण गर्दै आएको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ताको भनाइ छ । यता सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले ग्यासको कालोबजारी भइरहेको आफूसमक्ष पनि गुनासो आएको स्वीकार्दै ग्यासको कालोबजारी अनुगमनका लागि स्थानीय प्रहरी युनिटलाई निर्देशन दिइसकेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending