Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

नौ वटा टयांकर इन्धन लिन केरुङ प्रस्थान

\"tankar_kerungरसुवा । चीनका लागि नेपाली राजदूत महेश मास्केले अबका दिनमा चीनबाट निर्बाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रने बताए । चीनको राजधानी बेइजिङबाट शनिबार साँझ रसुवागढी नाका आएका राजदूत मास्केले आज बिहान रासससँग कुराकानी गर्दै रसुवागढी नाकाबाट तेल ल्याउन सडक उपयुक्त भएकाले तुरुन्त सडक सुधार र स्तरोन्नति गर्न आफूले काठमाडौँ पुग्नासाथ सरकारसामु सुझाव राख्ने जानकारी दिए । उनका साथ रहेका परराष्ट्र मन्त्रालय उत्तरपूर्व महाशाखा हेर्ने सहसचिव झवीन्द्रप्रसाद अर्यालले साँघुरो बाटो फराकिलो पार्न आवश्यक भएकाले सडक कार्यालय सक्रिय रहनुपर्छ भन्दै अबका दिनमा पाइप लाइनद्वारा तेल ल्याउन नुवाकोटको सदरमुकाम विदुरसम्म सजिलो भएकाले दीर्घकालीन नीति तर्जुमा गर्न सुझाव पेस गरिने जानकारी दिए । रसुवाका प्रजिअ शिवराम गेलाल, स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाका साथै प्रहरी प्रमुख अवदेश विष्टसँग सडकको अवस्था बारेमा राजदूत मास्के र सहसचिव अर्यालले जानकारी लिएका थिए । सो अवसरमा सडक व्यवस्थित गर्न तीव्र रुपले काम अगाडि बढाउनका लागि बजेट र अधिकार यथेष्ट रुपमा उपलब्ध हुन जरुरी रहेको स्थाविअ कोइरालाले बताए । यस्तै रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रन थालेपछि जिल्लावासीमाझ उत्साह बढेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । यसैबीच केरुङमा नेपालका तीन ट्यांकर इन्धन भरी रसुवागढी भन्सार टिमुरेमा आइसकेको र नौ ट्यांकर आज केरुङ प्रस्थान गरेको प्रहरी प्रमुख विष्टले जानकारी गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending