Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

मन्त्री ज्यु यसो गर्ने की ?

\"maoist_minister\"मुलुकको प्रधानमन्त्रीमा एमाओेबादी अध्यक्ष प्रचण्ड छैनन । तर जनताको वुझाइमा सरकार प्रचण्डले नै चलाई रहेका छन । प्रचण्डको यो शैलीले कि माओवादी लाइ उतार्ने छ वा फेरी पनि माओवादी असफल रहेको आरोप सहित यसको औचित्य समापन भएको कुरामा सहमत हुनु पर्ने वाध्यता श्रृजना गरीदिने छ ।  एमाओवादीका मन्त्रीहरुलाई यो कुराको हेक्का रहोश यतिवेला मुलुक सवैभन्दा शक्तिशाली छ । जनता — मुलुक र राजनितीक दलहरुको पक्षमा छन । मधेशको कुरालाई छाड्ने हो भने सडक सुनसान छ तर मनहरु उउद्धेलित छन । मान्छेहरु सहनै नसकिने यो पिडा लाई चुपचाप सहिरहेका छन । यो भोगाई मुलुकको स्वभिमानका लागी जोडीरहेछन तन्नेरीहरु  । नेताका पुत्ला जलाउने संस्कारमा मोदीको पुत्लाले प्रतिस्थापन पाएको छ  । यो भन्दा ठुलो अवसर नेता र मन्त्रीका लागी के हुन सक्छ ? यो वातावरण नै एमाओवादीका लागी उर्जा हो । एमाओवादीलाई सत्तो सराप नगरी ननिदाउनेहरु नै अहिले एमाओवादीको काँधमा छन एमाओवादीले जान्यो भने तिनको रुपान्तरण संभव छ रुपान्तरण नभए तिनको मलामीहून सकिने परीस्थीती छ । एमाओवादीले जानेन भने उसको एमाले वा राप्रपाकरण पनि निश्चित छ । यो संभावनाको खेल हो । संभावनाको खेलमा सहभागी हुदाँ जित्न सकिने आँट एमाओवादीका मन्त्रीहरुमा आओस । यो एक युद्धमोर्चा नै हो जितमा फुलको माला  र एमाओवादीको जयजयकार  हुनेछ भने हारमा उनिहरुको मरेतुल्य चेहेरा अगाडी विछीप्त माओवादीको पातलो र रुग्ण संगठन मात्र प्राप्त हुनेछ ।   तिखो वोलीले राजनिती हुँदैन , टुक्काको मज्जामा प्रधानमन्त्रीमा चढेकाहरुको आवाज पातलीदै गर्दा सरकारको उर्जा भनेकै एमाओवादी हो भन्ने क्रमस प्रमाणित हुँदैछ । लामो समयको सुन्यताले सरकार छ र पनि छैन कि भन्ने तिर मनहरु हल्लिन थालेका छन । । भलै यसो भन्न हतारो होला ओलीहरु हनिमुनमै मख्ख  परीरहदाँ  एमाओवादीका मन्त्रीहरु  हर्कतमा आइपुग्नु पर्ने हो तर तिनीहरु फेसवुकमा  स्वकिय सचिव नियुक्ति गरेको विजय टाँसेर अल्लादीत छन । एमाओवादी का मन्त्रीहरु नाकामा जाउँ , तेल त्याउ । जनतालाई यस्को किफायती खपतको वारेमा संझाउ। विद्युत तस्करको लाईन काट , कृषिमा दिर्धकालीन  सहित अल्पकालीन योजनाको खोजी गर र सरकार खोजीरहेकाहरुलाई सरकार भएको अनुभुती देउ ,  फरीया र घरीयाको प्रभावमा नपर ,तस्करहरुको घेरामा नरमाउ , सुकिलामात्र आफन्त नठान । गाँउवाट काम लिएर आएको एक कार्यकर्ताको काम लाइ जसरी पनि हल गर नहुने भए कारण सहित संझाउ ।यसो गर्न तिमीले खडा गरेको सचिवालय ले थेग्दैन भने अझै केही कर्मचारी भर्ति गर तर तिनको अनुहारमा तिम्रो आफन्तपनको चमक जनताले देख्न नपरोस ।   [caption id=\"attachment_14615\" align=\"alignleft\" width=\"150\"]\"लेखक लेखक घिमिरे[/caption] समय सुस्केराको होइन  कर्मको हो । एमाओवादीका मन्त्रीहरुले कर्म गरुन । संयोग हो वा एमाओवादीको रोजाई यतिवेला एमाओवादीका मन्त्रीहरुका अगाडी सवै भन्दा वढि चुनौती र सवै भन्दा वढि राष्टिय नेतृत्व हुने संभावना मौजुद छ । स्वभाविक हो यो सरकारको जग राष्टियता हो ।संभवत नेपालको सविधान निमार्ण र तराइमा जारी आन्दोलनका वारेमा भारतले मैजुद रवैया देखउादैन्थ्यो भने सायद सरकारको रुप ,आकार र सार फरक देखिन्थ्यो । यो भारतले नेपालका देशभक्त तथा कम्युनिष्टलाई थमाएको एक चुनौती हो । यो चुनौतीलाई पार गर्दा मुलकले जित्ने छ । संभावनाको खोजी र आधुनिकताले हामीलाई पच्छ्याउने छ होइन हामी ले यो ठाँउमा हार्यौ भने हामी फेरी दास हुनेछौ । एमाओवादीका मन्त्रीहरुले दासत्वको संभावनालाई खारेज गरुन । संभावनाका नयाँ ढोकाहरु खोलुन र मुलुकको लागी माओवादी र मात्र माओवादी विकल्प हो भन्ने कुराको पुर्नपुष्टि गरुन । होइन यो झन्डा र डन्डाको मात्र खेल मान्ने हो भने भोली जनता वा कार्यकर्ता दुवैले गलहत्याउनु अगाडी नै आफ्नो असक्षमताको हवला दिदै स्थान खाली गरुन ।   भारतले लगाएको नाकावन्दीले सवै भन्दा प्रभावित भएको ढुवानी तथा आपुर्तिको क्षेत्र हो । यस संग संम्वन्धीत मन्त्रालय एमाओवादीको हातमा छ । भारत संगको संम्वन्ध सुधारीए त ठिकै छ तर सम्वन्धमा चिसोपन यसरी नै वढदै जाने हो भने भारत वाट नेपालले आयात गर्ने विद्युत समेत कटौतीमा पर्ने कुरा निष्चित छ । उर्जा मन्त्रालय एमाओवादीको हातममा छ । सामान्यतया  उर्जाको समस्यावाट जादुमय ढंगले पार पाउन संभव छैन तर एमाओवादीले यो मन्त्रालय कमीसनको चक्करमा नभई जनताको बृहत्तर हितलाई ध्यानमा राखेर रोजेको हो भने आजका दिन सम्म उर्जा मन्त्रालयले जनतालाई उर्जा खपतका वारेमा खासै कुनै अपील नगर्नु कमजोरी हो ।   एमाओवादीको पहलमा चिनवाट पेटेलीयम पदार्थ अपुर्तिका लागी गरीएको पहल सकारात्म पहल हो तर यो पहल एमाओवादीले आफ्नो पौरखका रुपमा जनतालाई वुझाउन ढिला भैसकेको छ । पहल माओवादीले गर्ने ,जस एमालेको संंगठनले प्राप्त गर्ने र एमाओवादीको भुमीका सरकारमा सहयोगी जस्तो मात्र देखिने कुरा कम्तीमा यतिवेला एमाओवादी कार्यकर्ताका लागी स्विकार्य  छैन । गृहमन्त्रालय संचालनमा एमाओवादीका मन्त्रीले देखाउन खोजेको किफायती विधी प्रसंसा पाउन योग्य छ तर आफ्नो सुविधा घटाउदै गर्दा पुलीस र प्रशासनमा रहेका कयौ चोर दुला मार्फत भइरहेको शक्ति दुरुपयोग देखिएन भने त्यसको पनि अर्थ रहने छैन ।   शिक्षा मन्त्रालयले पनि यतिवेला केही दुरगामी पहलहरु लिनै पर्दछ । सवैका लागी शिक्षा र सर्वसुलभ शिक्षा सवैको मुखमा छ तर यस्को व्यवहारीक कार्यन्वयन का वारेमा केही दृढ पहलको जरुरी छ । उर्जा संकटले विद्यालयहरु वन्द हुने संघारमा पुगेका छन यस्तोमा सवैको अपेक्षा शिक्षा मन्त्रलयमा माथि छ समय छदै केही गर्न सकिएन भने पछि चुकचुकाउनुले कुनै अर्थ दिदैन । इन्धन संकटको घोषणा , इन्धनको किफायती प्रयोग तथा यस्का प्रथम उपभोत्ताका वारेमा पनि निती शिघ्र  सार्वजनिक गर्नु पर्दछ । यतिवेला इन्धनका दुइ मुल्य कायम गर्नु सान्दर्भिक हुन सक्छ सार्वजनिक सेवाका क्षेत्रका लागी एक मुल्य तथा व्यवसायीक तथा अन्य क्षेत्रका लागी अर्को मुल्य कायम गर्न सकियो भने त्यसले पनि उर्जाको किफायती प्रयोगलाई वढवा दिन सक्दछ ।   एमाओवादीका मन्त्रीहरुको मनोदशा के हो भने उनिहरु मन्त्री भै सके पछि यो मन्त्रालय सधैका लागी प्राप्त भएको जसरी जिम्मेवार वन्न खोज्दछन । यो संसदीय परीपाटीका लागी असफल राजनितीज्ञ हुने विधी हो । संसदीय राजनितीमा छोटा र अल्पकालीन मुद्दाहरुले नै जनतालाई आकर्षण वा विर्कषण दिने गर्दछन । यो समयमा एमाओवादीका मन्त्रीहरुले ति र त्यस्ता विषयहरुको खोजी गरुन जस्ले उनिहरुलाई लालवावु सम्मको उच्चाइमा उठाउन सकोस । होइन यो कमाउने रमाउने र समाउने मात्र समय हो यस पछि राजनिती गर्ने र मन्त्रीहूने कुरा छैन भन्ने ठान्ने हो भने  भिरवाट खस्ने गोरुलाई रामराम भने झैको विकल्प हुने छैन । यतीबेला एमाओवादीका मन्त्रीहरुलाई प्रचण्ड  अपेक्षा र जन अपेक्षा संग खेल्ने छुट छैन पारदर्शि वन , जनता वुझ र मुलुकले फेरी फेरी खोज्ने वन , अवको राजनिती आडम्वरी प्रशासकको चेहेराले थेग्न सकिदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies