Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

‘नयाँ शक्ति’ को पहेली

\"manikar_article\"पछिल्लो राजनीतिक परिदृष्यमा एकीकृत माओवादीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी परित्यागको घटना चर्चाको शिखरमा छ । यसपालीको दसैं बिदाको बसिबिँयालोमा गाउँघरदेखि सहरबजारसम्म गफ गर्ने विषय भारतीय नाकाबन्दी र डा. भट्टराईको पार्टी परित्याग बन्न पुग्यो । कतिले यी दुई परिघटनालाई जर्बजस्त रुपमा जोडेर हेरेको पनि देखियो । तर, सरसर्ती हेर्दा यी दुई परिघटनाबीच कुनै सम्बन्ध स्थापित गर्न सकिंदैन । यी दुई घटनाबीच आकस्मिकता र संयोगबाहेक खास सम्बन्ध स्थापित हुन सकेको छैन पनि । तथापि आरोप लगाउनेहरुले निरन्तर रुपमा पक्षधरताको आरोप लगाइरहेका छन् । त्यसो भए बाबुरामले किन पार्टी छाडे ? प्रश्न सर्वत्र छ, तर यो प्रश्नको सरल जवाफ अझैसम्म पनि आउन सकेको छैन । कतिपय मान्छेहरु बाबुरामले पार्टी छाडेसँगै उनको राजनीतिक जीवन नै सकिएको तर्क गर्न पनि पछि परेका छैनन् भने अर्काथरी मान्छेहरु भने बाबुरामले अब माक्र्सवाद छाड्नेछन् र पूँजीवादी पार्टी निर्माणमा लाग्नेछन् भनेर धुपबत्ति बालिरहेका भेटिन्छन् । तथापि उनले पार्टी परित्याग गरेपछिको समय सबै राजनीतिक र गैरराजनीतिक समुदाय, समूह, बुद्धिजीवी, पेशाकर्मी, उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरिरहेका छन् । उनले सबै पक्षसँग छलफल र संवाद जारी राखेका छन् । त्यो संवादको निश्कर्षको रुपमा उनले भन्दै आएको नयाँ शक्ति निर्माणको आधार तय हुने अनुमान गर्न भने सकिन्छ ।
डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको बहस चलाउँदै गर्दा बाबुराम भट्टराई एउटा बौद्धिक व्यक्तित्व भएकै कारण उनले सोचेका सबै कुरा राम्रा र ग्रहणीय हुन्छन् भन्ने आशय प्रदर्शन गर्नु जरुरी छैन । उनले लिएका विचार समय सान्दर्भिक छन् या छैनन् ? ती मुद्दाहरुले अहिलेको वर्तमान यथार्थलाई प्रतिविम्बित गरेका छन् या छैनन् ? त्यो विषयले मुलुकका जल्दाबल्दा समस्याहरु हल गर्छन् वा गर्दैनन् ? यस आधारमा गरिने समर्थन र विरोध गर्दा मात्र सहि साबित हुनेछ ।
त्यसो त उनको नया“ शक्ति निर्माणको प्रसङ्ग यसअघि पनि धेरैपटक सुनिएको पनि हो । खासगरी दोस्रो संविधानसभाको चुनावपछि जसरी माओवादीले अकल्पनीय पराजय बेहोर्नु प¥यो, त्यसैबेलादेखि माओवादी पुनःनिर्माणको प्रश्न उब्जेको हो । अनि पुनःनिर्माणको प्रसंगसँगै नयाँ शक्तिको कुरा पनि सुनिएको हो । अनि एकीकृत माओवादीकै ब्यानरमा नया“ शक्ति निर्माणको संभावना पनि पटकपटक सुनिएकै कुरा हो । खासमा पार्टीलाई नयाँ शक्तिकै रुपमा विकास गर्न भन्दै एकीकृत माओवादीले ०७० वैशाखमा विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना पनि ग¥यो । तर, त्यही सम्मेलनले पार्टीभित्रको विवाद संस्थागत हुन पुग्यो र त्यसयता पार्टीभित्रको बाबुराम भट्टराईको खेमाले नया“ शक्ति निर्माणको विषयलाई जोडतोडका साथ उठाइरहेको थियो । हो, पछिल्लो समयमा संविधान निर्माणपछि एउटा राजनीतिक अध्याय पूरा भएको महशुस गर्दै फेरि नयाँ शक्ति निर्माणको प्रसंग स्वतन्त्र ढंगबाट उठेको मात्र हो । नत्र यो आजको कुरा होइन, विगत साँढे दुई वर्षदेखि विमर्शमै रहेको विषय हो । हिजोका दिनमा पनि नयाँ शक्तिको कुरा चल्दा त्यसको आवश्यकता र अपरिहार्यताको विषयमा भन्दा बाबुरामले पार्टी फुटाउन लागेको अर्थमा हेरियो । आज साँच्चिकै नयाँ परिवेशसँगै नयाँ शक्तिको आवश्यकता महशुस गरेरै पार्टी परित्याग गरी आफ्नै बुतामा नयाँ शक्ति निर्माणको कुरा गर्दा पनि कतिपय मान्छेहरुले नयाँ शक्तिको बहसलाई रचनात्मकता दिन अन्कनाइरहेका छन् । उनीहरु नयाँको आवश्यकता छ पनि भन्छन् तर त्यसका लागि लिइएको पहलकदमीलाई स्वीकार गर्न पनि हिचकिचाइरहेका छन् । खासमा यो नयाँ शक्ति निर्माणको प्रसंग नयाँको खोजी पक्कै हो, तर यो पुरानै बहसको निश्कर्षोन्मुख निरन्तरता हो भन्दा उचित होला । अनि यो नया“ शक्ति निर्माणको बहसको अन्तर्यमा मुलुक किन बन्न सकेन ? भन्ने प्रश्न नै मुख्य रुपमा मुखरित भएको छ । अहिलेसम्म हामीले राजनीतिक मुद्दालाई नै केन्द्रीय विषय बनायौं । तर, संविधान निर्माण भएसँगै उत्पीडित जाति र समुदायको छुटेका मुद्दाहरु संविधानको संशोधनमार्फत संवोधन भएसँगै एकहदसम्म राजनीतिक मुद्दा संस्थागत भएको मानिनेछ र अबको राजनीतिक एजेण्डा जनताको प्रत्यक्ष समृद्धि र प्रगतिसँग अन्तरसम्बन्धित हुनुपर्नेछ । यसका लागि आर्थिक विकास र समृद्धि अबको राजनीतिक मुद्दा बन्नुपर्नेछ । यदि आर्थिक उत्पादन, विकास, समृद्धि र प्रगतिका लागि राजनीति गर्ने हो भने अहिलेको पारम्परिक राजनीतिक पार्टीहरु र तिनका संरचना फरक हुनुपर्नेछ । पुरानै संस्कार र राजनीतिक पृष्ठभूमि बोकेका दलहरुले नयाँ ढंगको मुद्दा उठान गर्न सक्दैनन् र प्रकारान्तरले ती पनि पुरानै ढर्रा अनुसारै सञ्चालित हुनेछन् । आर्थिक विकास र प्रगतिका लागि साँच्चिकै आर्थिक मुद्दा बोक्ने व्यापक जनसहभागितामा आधारित राजनीतिक दल बन्नुपर्नेछ, जसले समृद्धि र प्रगतिका मुद्दाहरु उठान गर्न सक्षम हुनेछ र मुलुक आर्थिक रुपले समृद्धितर्फ अग्रसर हुनेछ । यही सैद्धान्तिक पृष्ठभूमिका आधारमा नयाँ शक्ति निर्माणको विषय उठेको हो । तर, यसको रचनात्मकतालाई पकडेर यसभित्रका अन्तरवस्तुहरुमा विमर्श गर्नुभन्दा हुन्छ या हुन्नकै शैलीमा नयाँ शक्ति निर्माणको विषय पनि एउटा पहेली बन्न पुगेको छ । राजनीतिमा कुनै विषयले प्रवेश पाउने बित्तीकै त्यो विषय बहसमा आउनुमा कुरा के हो ? के विषयमा बहस उठान भएको छ ? किन उठान भयो ? भन्ने सवालमाभन्दा पनि कसले बहस सञ्चालन गरिरहेको छ ? अथवा कसले उठान गरेको छ ? सोही व्यक्तिलाई हेरेर त्यसको ‘सान्दर्भिकता’ र ‘असान्दर्भिकता’ पुष्टि गर्ने एउटा रेडिमेड बुद्धिजीवीको तप्का पनि तयार भइरहेको छ, त्यही तप्काले यो गम्भीर विषयको बहसलाई पनि निकै हल्का बनाइदिएको छ । अहिले चलिरहेको नयाँ शक्ति निर्माणको बहसलाई अहिलेसम्म नेपाल किन बन्न सकेन ? किन हाम्रो मुलुक गरिब र अविकसित रहन गयो ? भन्ने मुद्दासँग जोडेर हेरियो भने हामीलाई नयाँ शक्तिको अपरिहार्यता दृष्टिगोचर हुन्छ नै । तर, आग्रही र पूर्वाग्रही भावनाले यसको बहसलाई हेरियो भने यो फगत एउटा दुस्साहस र अमूर्त चाहना प्रतीत हुनसक्छ । हो, यदि साँच्चिकै नयाँ शक्ति निर्माणको विषयलाई सार्थक बहस गर्ने हो भने, नेपाल आजसम्म बन्न नसक्नुको पछाडि के कति ठोस कारणहरु हुनसक्छन् ? अर्थात् इतिहासका विभिन्न कालखण्डहरुमा धेरै राजनीतिक परिवर्तनहरु भए तर पनि समग्र मुलुकको आर्थिक रुपान्तरण र प्रगतिको लागि किन मार्ग प्रशस्त हुन सकेन ? भन्ने सवालमा बहस छेंड्न जरुरी छ । यस अर्थमा पनि नयाँ शक्ति निर्माण र मुलुकको आर्थिक समृद्धि एकअर्कामा अन्तरनिहित विषय हुन् भन्ने लाग्छ । डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको बहस चलाउँदै गर्दा बाबुराम भट्टराई एउटा बौद्धिक व्यक्तित्व भएकै कारण उनले सोचेका सबै कुरा राम्रा र ग्रहणीय हुन्छन् भन्ने आशय प्रदर्शन गर्नु जरुरी छैन । उनले लिएका विचार समय सान्दर्भिक छन् या छैनन् ? ती मुद्दाहरुले अहिलेको वर्तमान यथार्थलाई प्रतिविम्बित गरेका छन् या छैनन् ? त्यो विषयले मुलुकका जल्दाबल्दा समस्याहरु हल गर्छन् वा गर्दैनन् ? यस आधारमा गरिने समर्थन र विरोध गर्दा मात्र सहि साबित हुनेछ । किनकि परिवर्तनका लागि सही विचारको बुझाई र क्रियाशीलता अत्यन्तै जरुरी हुन्छ । तर, अन्धभक्त भीडले विचारको गहिराई पनि बुझेको हुँदैन र उसले त्यसमा कुनै नयाँ भविष्य पनि देखेको हुँदैन उसले केवल नूनको सोझोका लागि समर्थन मात्रै गरिरहन्छ । यथार्थमा त्यस्तो भीडले केवल चाटुकारितामा मात्रै गरेको हुन्छ, उसले आफ्नै स्वार्थसिद्ध गर्ने उद्देश्यका साथ कसैको समर्थन र विरोध गरिरहेको हुन्छ । त्यस्तो खाले भीड आफ्नो स्वार्थरक्षा हुँदासम्म एउटा खेमामा रहन्छ र स्वार्थपूर्ति भइसकेपछि त्यो अन्यत्रै लाग्ने गर्दछ । बाबुराम भट्टराई नेपाली राजनीतिमा एउटा यस्तो ‘आइकन’ हुन् जोसँग वास्तवमै नयाँ र समृद्ध नेपाल निर्माण गर्ने स्पष्ट भिजन छ । यो लोकले मानेको कुरा पनि हो । खासगरी उनले आफ्नो अर्थमन्त्रीत्वकालमा सो कुरा प्रकट गरेर देखाइदिए र नै उनीप्रति आम रुपमा विश्वास र भरोसा बढेर गयो । तर, त्यो चुलिएको भरोसालाई उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा कायमै राख्न नसकेको कुरा साँचो हो । यद्यपि उनले अर्थमन्त्री हुँदा गरेका राम्रा कामहरु आफैं प्रधानमन्त्री हुँदाचाहिं किन गर्न सकेनन् ? उनका बाध्यताहरु केके थिए ? के ती साँच्चिकै बाध्यता र सीमितता थिए अथवा उनले चाहेरै पनि केही नगरेका हुन् ? ‘अन्धभक्तवादी’ नेपाली राजनीतिमा धरातलीय यथार्थ र विद्यमान जटिलताहरु खोज्ने गरिंदैन । यहाँ ‘ग¥यो’ वा ‘गरेन’को सोझो सवाल जवाफमा उत्तर खोज्ने गरिन्छ, अनि अस्वभाविक आशा गर्दा फगत निराशामात्रै हात लाग्ने यथार्थलाई पर्दा हाल्ने गरिन्छ । बाबुराम भट्टराईको सन्दर्भमा पनि त्यही दृष्टिकोण पुनरावृत्ति भएको देखिन्छ । त्यसो त हिंजो बाबुरामबाट अपेक्षा मात्र गरियो । तत्कालीन गठबन्धन सरकारको सीमितता र जटिलतालाई स्वीकार गरिएन । फलस्वरुप उनी अलौकिक बनाइए । एकातिर सरकार गठन भएदेखि नै एकातिर विपक्षीहरुको निरन्तर हमला सहनु पर्यो भने अर्कोतिर आफ्नै पार्टीका असन्तुष्ट पक्षहरुको पनि खप्की खाइरहनु नै पर्यो । अन्ततः पार्टी नै विभाजित हुन पुग्यो । उता सरकारले सय दिन पार नगर्दै उनको समर्थनमा खडा गरिएको भर्चुअल धरहराको विनिर्माणको प्रक्रिया सुरु भयो । जसजसले उनलाई एक ढंगले अलौकिक बनाएका थिए केही समयपछि तिनीहरु नै सरकारको कटु आलोचक बने । सायद उनीहरुले भट्टराईलाई अस्वभाविक रुपले उनको महत्ता बढाउने र जनआकांक्षालाई चरमचुलीमा पु¥याउने अनि राजनीतिक कचिंगल निम्त्याएर उनलाई केही गर्न नसक्ने ‘पंगु’ बनाउने अभियानस्वरुप बखानका फेहरिस्त तयार गरिएको थियो । नत्र त्यो विषम संक्रमणमा कसैले पनि चाहे अनुसार काम गर्न नसक्ने तथ्य स्पष्ट हु“दाहु“दै जनचाहनालाई आवश्यकता र यथार्थ भन्दा निकै माथि उचाल्नुपर्ने कुनै कारण थिएन । अहिले फेरि तिनै बाबुराम चर्चाको शिखरमा छन्, कारण उनको पार्टी परित्यागको घोषणा र नयाँ शक्तिको बहस हो । बाबुराम भट्टराईले आफू पार्टीमा रहँदा पनि परिवर्तित सन्दर्भमा पार्टीका कार्यनीति र रणनीतिहरु पनि परिवर्तित हुनुपर्छ र ती सबै युग र प्रविधि सुहाउँदो हुनुपर्छ भन्ने आशयका साथ अब पूँजीवादी उदारवाद र समाजवादी व्यवस्थाको बीचबाट अघि बढ्नुपर्ने कुरा गरेका थिए । तर, उनको त्यो विचारले पार्टीको विद्यमान संरचनामा सहि स्थान पाउन सकेन । निश्चय पनि यो एउटा ठूलो बहसको विषय हो । त्यसकारण यसलाई समर्थन र विरोधको आलोकमा बहस गर्नुभन्दा पनि अहिलेको नेपाली समाज कुन मानेमा पहिलेको भन्दा फरक हो ? वर्तमान नेपाली समाजको चारित्रिक बनावट के हो र त्यसलाई उत्पादनमुखी बनाउन के गरिनुपर्छ ? अथवा साँच्चिकै नेपाली समाजको बनावटमा आधारभूत परिवर्तन आएको हो वा त्यो समयक्रममा आफैं आएको हो ? नेपाली समाजका सीमितताहरु के के हुन् ? हामीलाई आजको सूचना प्रविधि र भूमण्डलीकरणको युगमा विकास र समृद्धिका लागि कस्तो पहलकदमी हुनु जरुरी हुन्छ ? के सा“च्चिकै नेपाली समाज बदलिएको हो ? नेपाली समाजको श्रम सम्बन्ध र उत्पादन सम्बन्ध बदलिएको हो ? सामन्तवादको ठाउँमा पूँजीवादी चिन्तन हावी भएकै हो ? यदि होइन भने अहिलेको अवस्थामा सामन्तवादको ज्वलन्त उदाहरण के हो ? सामन्तवाद यद्यपि कायमै छ भने मजदुर, किसान तथा श्रमिकहरुको बढ्दै गएको राजनीतिक चेतना र श्रम तथा ज्यालाका कुरा के हुन् ? यी यावत विषयमा बहस गरिनुपर्छ र वर्तमान नेपाली समाजको यथार्थ चरित्रचित्रण गर्नुपर्छ, तबमात्र मुलुकमा कुन विकासको मोडेल अवलम्बन गर्ने भन्ने बाटो खुल्नेछ । बाबुराम भट्टराईको नयाँ शक्ति निर्माणको अर्थराजनीतिक विमर्शमा पनि यिनै कुराहरुको विवेचना पाउन सकिन्छ । आजको भूमण्डलीकृत विश्वमा हामी विश्व समुदायबाट सम्पूर्ण रुपले अलगथलग भएर समृद्धि हासिल गर्न सक्दैनौं । कहिलेकाहिं नेपालको विकासका लागि भारतसँग रहेको खुल्ला सिमाना बन्द गरेर उत्पादनतिर लाग्नुपर्छ र सबै विदेशी सामानहरुको उपभोगलाई बन्देज गरिनुपर्छ भन्ने आवाजहरु पनि सुन्नमा आउँछन् । तर, के सम्पूर्ण रुपले खुल्ला विश्वपरिवेशसँग छुट्टै रहेर हामीले आर्थिक समृद्धि हासिल गर्न सक्छौं ? पक्कै पनि अहिलेको खुल्ला वैश्विक परिवेशमा त्यो संभव छैन । हामीले आफूलाई समृद्ध बनाउन विदेशी लगानी नभित्र्याइकन सुख्खै छैन । मुख्य कुरा विदेशी लगानीलाई कसको प्राथमिकतामा प्रयोग गर्ने भन्ने नै हो । यसर्थ, नयाँ शक्ति निर्माणको विषयलाई सहि गन्तब्यमा पुर्याउनको लागि अहिलेसम्म नेपालको विकासको प्रक्रियालाई पनि साथसाथै विवेचना गर्नु वस्तुसंगत हुने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending