Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मन्त्री छान्न एमालेलाई महाभारत

\"uml\"काठमाडाैं । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएको ६ दिनसम्म पनि एमालेले बाँकी मन्त्रीहरूको टुंगो लगाउन सकेको छैन । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– पार्टीमा संस्थागत रूपमा छलफल र निर्णय नगरी प्रधानमन्त्री ओलीले एमालेबाट तीनजनालाई मन्त्री नियुक्त गरे पनि अरू मन्त्रीबारे सामान्य छलफलसमेत नहुँदा मन्त्रीका आकांक्षीहरूको पार्टी शीर्ष नेताहरूको निवासमा भीड लाग्न थालेको छ । कांग्रेस नेतृत्वको अघिल्लो सरकारमा संस्थागत निर्णय नगरी मन्त्री पठाउने र फेर्ने गरेका कारण पार्टीभित्रैबाट आलोचित ओलीलाई यसपटक पहिलो गाँसमै ढुंगा लागेको छ । अनौपचारिक छलफलमा पार्टीका शीर्ष नेताले विरोध गर्दागर्दै अग्नि खरेललाई मन्त्री बनाएका कारण सुरु भएको ओलीको आलोचना उनी प्रधानमन्त्री भएपछि बिहीबार पहिलोपटक बसेको स्थायी समिति बैठकमा पनि रोकिएन । उपमहासचिव घनश्याम भुसालले मन्त्री चयन विधिप्रति असहमति प्रकट गर्दै मन्त्री नियुक्तिको निर्णय अनुमोदन नगर्न रिजर्भेसन राखे । उक्त निर्णयको अनुमोदन होइन, मन्त्री हुने साथीहरूलाई धन्यवाद दिने निर्णय गरौँ भन्ने भुसालको भनाइ रहेको बैठकमा सहभागी एक सहभागीले बताए । बैठकमा मन्त्री र मन्त्रालयको बाँडफाँडको विषयमा कुरै उठेन । मन्त्री बनाउनुअघि निश्चित मापदण्ड बनाउनुपर्नेमा बैठक केन्द्रित भएको थियो । स्रोतका अनुसार एमालेले नौवटा मन्त्रालय पाउनेछ । कानुन, उद्योग र अहिलेलाई विनाविभागीय गरी तीन मन्त्रीको टुंगो लगाइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending