Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

युवाहरु कृषिमा पेसामा आकर्षित

\"masrum\"सुर्खेत । सुर्खेतका युवाहरु कृषि पेसातर्फ आकर्षित भएका छन् । यहाँका युवाहरुले युवा लक्षित कार्यक्रम मार्फत व्यवसायिक कृषि पेसामा लागेका हुन् । जिल्ला कृषि विकास कार्यालय मार्फत संचालन भएको युवा लक्षित कार्यक्रमका लागि धेरै युवाहरुले निवेदन दिने गरेका छन् । युवाहरुलाई कृषि पेसामा संलग्न गराउनका लागि सरकारले ल्याएको युवा लक्षित कृषि कार्यक्रमको अनुदानमा प्राप्त गर्न जिल्ला कृषि विकास कार्यालय सुर्खेतमा करिब एक हजार युवाहरुले निवेदन दिएका छन् । च्याउ र युवा लक्षित अन्य तरकारी कार्यक्रममा गरी जम्मा एक सय ५५ जनाका लागि अनुदान आएको मा अहिलेसम्म ८ सय ८ जना युवाहरुले निवेदन दिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । युवा लक्षित तरकारी खेतीमा एक सय जनाका लागि अनुदानको कार्यक्रम रहेकोमा अहिलेसम्म पाँच सय ९७ जनाको निवेदन परेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका बरिष्ट कृषि विकास अधिकृत विजय गिरीले जानकारी दिए । ‘कार्यक्रम थोरै हुन्छ, निवेदन धेरैको आएको छ,’ उनले भने–‘अहिले धेरै युवाहरु कृषि पेसामा आकर्षिक भएका छन ।’ यस्तै च्याउका लागि ५५ जनालाई अनुदान उपलब्ध गराउने कार्यक्रम रहेकोमा अहिले सम्म २ सय ११ जनाको निवेदन परिसकेको छ । अघिल्लो वर्ष च्याउ खेतीका लागि ६० जनाका लागि कार्यक्रम आएकोमा अहिले घटेर ५५ जनाका लागि आएको छ । च्याउका लागि ४० हजार अनुदान पाएका युवाहरुले चारवटा टनेल बनाउनुपर्ने बरिष्ठ कृषि विकास अधिकृत गिरीले जानकारी दिए । यस्तै अन्य तरकारी खेतीका लागि पनि एक जनालाई ४० हजार नै अनुदान दिइने कार्यालयले जनाएको छ । तरकारी खेती दुई सिजनमा १० रोपनीमा गरेको हुनुपर्ने बरिष्ठ कृषि विकास अधिकृत गिरीको भनाइ छ । यस्तै यो कार्यक्रमका लागि यो वर्ष ६० जनाका लागि मात्रै बजेट आएपनि ४० जनालाई थपेर निवेदन आव्हान गरिएको गिरीले बताए । ‘‘यो कार्यक्रममा युवाहरुको आकर्षण छ,’ उनले भने–‘तर बजेट कम आउँछ, यसपटक पनि ६० जनाका लागि मात्रै आएको थियो तरकारीमा, हामीले थपेर एक सय पु¥याएका हौं ।’ अघिल्लो वर्ष यी कार्यक्रममा विदेश गएर फर्किएका युवाहरु, सुर्खेतमा बसेर पढ्दै गरेका विद्यार्थी संलग्न भएका थिए । उनीहरुले ४० हजार अनुदानबाट एक लाख देखि साढे एक लाखसम्मको आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तरकारी खेती गर्न युवा कृषकहरुले जग्गा भाडामा लिए पनि हुने र आफ्नै जग्गामा गरेपनि हुने कार्यालयले जनाएको छ । यस अघी अनुदान पाएका कृषकहरुले विभिन्न बेमौसमी तरकारी खेती गरेका थिए । अहिले भने जिल्ला कृषि विकास कार्यालयमा केही युवा लक्षित कार्यक्रमहरु आएका छैनन । यस अघि युवाहरु आकर्षित भएको मौरी पालन कार्यक्रम यस पटक नआए जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसपटक ग्रामीण कृषि कायृक्रम संचालन हुने कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending