Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

तेह्रथुम इवाका ती ओलीदेखि ! सिंहदरबारका यी ओलीसम्म !

\"KP-Oli-PM\"काठमाडाैं । धैर्यको फल मीठो हुन्छ भन्ने कुराको गतिलो उदाहरण बनेका ओली राजनीतिमा लागेको ४६ वर्षपछि मात्र प्रधानमन्त्री बने । जबकि उनको जीवनको १४ वर्षको अवधि त जेलभित्र नै बित्यो ।
सुखानीका सहिद स्वर्गीय रामनाथ दाहालको प्रभावमा परेर १५ वर्षको उमेरबाटै राजनीतिमा होमिएका ओली राजनीतिमा हामफालेको सात वर्षपछि नै जेल परे र १४ वर्षपछि मात्र जेलबाट छुटे ।
ओली ००८ फागुन ११ गते तेह्रथुमको इवा गाविसमा गरिब परिवारमा जन्मेका हुन् । उनी डेढ वर्षको हुँदा नै आमा मधु ओलीको निधन भयो । गरिबीका कारण पहाड बस्न नसक्ने अवस्था आएपछि ०२२ सालमा नाबालक छोराहरूलाई लिएर बाबु मोहनप्रसाद ओली झापा झरे ।
ओलीले विद्यालय शिक्षा झापाकै घैलाडुब्बा हाइस्कुलबाट सुरु गरे । ओलीका बाल्यकालदेखिका साथी राधाकृष्ण मैनाली भन्छन्, ‘सुरुंगामा रहेको घरबारी कन्काईको बाढीले बगाइदिएपछि ओली परिवार सुकुम्बासी भयो । ओली सानैदेखि टाठा थिए, त्यही भएर विद्यालयका शिक्षक रामनाथ दाहालले उनलाई आफ्नो घरमै राखेर पढाए । त्यसबेला उनी ६ कक्षामा पढ्थे ।’ ओली दाहालको सहयोगीका रूपमा काम गर्थे । दाहालकै प्रभावमा परेर उनी राजनीतिमा लागे ।
राजनीतिक यात्रा
०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित भएर राजनीतिक प्रशिक्षण प्राप्त गरेका ओलीले राजनीतिक जिम्मेवारी भने ०२५ सालबाट बहन गरेका हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबद्ध भई नेतृत्व सम्हालेका उनले ०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे ।
०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी सम्हालेका उनले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा जिम्मेवारी सम्हाले । ०३० साल असोज ३० गतेबाट उनको जेल यात्राको १४ वर्षे अध्याय सुरु भयो ।
०४४ सालमा जेलमुक्त भएपछि उनी त्यही सालका २ पुसमा धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा पुगे । ०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख बनेका ओली ०४७ जेठ १ गते युवा संघको संस्थापक अध्यक्ष बने ।
०४९ देखि ०७१ असारसम्म एमालेको स्थायी कमिटी सदस्यमा रहे । ०६५ मा बुटबलमा सम्पन्न आठौँ महाधिवेशनमा अध्यक्षमा झलनाथ खनालसँग पराजित भए । गत असारमा भएको नवौँ महाधिवेशनमा उनी १४ वर्षसम्म पार्टीको महासचिव बनेका पूर्वप्रधान्त्री माधव नेपाललाई हराएर अध्यक्षमा निर्वाचित भए ।
राजकीय जिम्मेवारी
०४८ सालको आमनिर्वाचनमा झापाको क्षेत्र नं ६ बाट सांसद निर्वाचित भएका ओली ०५१ मा पुन: सोही क्षेत्रबाट निर्वाचित भए । ०५१ सालमा बनेको एमालेको नौमहिने अल्पमतको सरकारमा ओली गृहमन्त्री बने ।
०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बने । ०५६ सालको आमनिर्वाचनमा झापा २ र ६ बाट सांसद जितेका ओली ०६४ मा भने झापाकै सोही क्षेत्रमा माओवादीका विश्वदीप लिङदेनबाट पराजित भए ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पुन: भारी मतका साथ विजयी भए । यसबाहेक उनले विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेका छन् ।
१४ वर्षमा ११ जेल लगातार १४ वर्ष जेलमै आफ्नो ऊर्जाशील समय व्यतित गरेका उनलाई ११ पटक विभिन्न जेलमा सारियो । नेपालमा कम्युनिस्ट शासन स्थापनाका लागि हतियार उठाइएको झापा सशस्त्र विद्रोह मा होमिएका कारण ०३० सालमा पक्राउ परेका उनलाई सुरुमा रौतहट जिल्लाको गौर जेल र गौर थानामा राखेर वीरगन्ज जेलमा चलान गरियो ।
त्यहाँबाट ८ मंसिर ०३० मा भद्रगोल जेल काठमाडौंमा चलान गरियो । त्यहाँ तीन दिन राखेर ११ गते सेन्ट्रल जेल गोलघर चलान गएिको थियो । ११ मंसिर ०३० देखि १६ वैशाख ०३२ सम्म सेन्ट्रल जेल गोलघरमा राखेर साउन ०३३ मा नक्खु जेल चलान गरियो ।
मंसिर ०३३ मा फेरि उनलाई केन्द्रीय कारागार गोलघरमै लगियो । जेठ ०३६ मा गोलघरबाहिर राखेर चैत ०३७ मा पुन: नक्खु जेल चलान गरियो । त्यसको करिब १० महिनापछि ३ माघ ०३९ मा पोखरा जेल चलान गरिएका ओलीलाई कात्तिक ०४२ मा स्याङ्जा जेल चलान गरियो ।
त्यहाँबाट ८ मंसिर ०४३ मा हनुमानढोका जेल र १२ माघ ०४३ मा भद्रगोल जेल चलान गरिएका उनी ११ असार ०४४ मा भद्रगोल जेलबाट रिहा भए । जेलमा रहँदा ओली निकै बिमारी परे । जेलमा सँगै रहेका राधाकृष्ण मैनाली, नरेश खरेलहरूले त माया नै मारिसकेका थिए ।
मैनालीले ओलीको दिसा धोइदिनेदेखि लिएर शरीरमा तेल लगाइदिएर तंग्य्राउने काम गरे । मैनाली भन्छन्, ‘त्यसबेला पनि उनको बाँच्ने जिजीविषाचाहिँ दह्रो थियो । हामी अहिल्यै मर्नु हुँदैन भन्थे ।’
राजनीतिक उतारचढाव ०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा ओलीले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखे । तर, पार्टीमा उनी अल्पमतमा परे ।
सिपी मैनाली, मोहनचन्द्र अधिकारीहरू सशस्त्र संघर्षको पक्षमा उभिएपछि फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिए । ०३० सालदेखि ०४४ सालको जेल जीवनको लामो अन्तरालमा उनी सांगठनिक जिम्मेवारीमा रहने कुरै भएन ।
०४९ सालमा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न ओलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ०५९ सालमा भएको सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव अस्वीकृत भयो ।
आठौँ महाधिवेशनमा पुग्दा एमालले नेतृत्व चयनको त्यही विधि आत्मसात् गर्‍यो । पाटननिवासी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका छोराछोरी छैनन् । बालकोटमा स्थायी घर भएका उनले १० कक्षासम्मको औपचारिक अध्ययन गरेका छन् ।
नेपाली, हिन्दी र अंग्रेजी भाषामा पोख्त उनले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युबा, युक्रेन, नेदरल्यान्ड्स, बेल्जियम, साइप्रस, बेलारुस आदि मुलुकको भ्रमण गरिसकेका छन् ।
कमजोर स्वास्थ्य अवस्था जानकारहरूका अनुसार ओली सानै उमेरदेखि शारीरिक रूपमा कमजोर थिए । गोलघरमा रहँदा बिरामले थला परेर मृत्युको मुखमा पुगेका उनी ०४४ सालमा जेलबाट छुट्दा पनि निकै ख्याउटे देखिन्थे । दुवै मिर्गाैलाले काम नगरेपछि भाइबुहारी इन्दिरा ओलीले दान दिएको मिर्गाैलाले बाँचिरहेका उनी पछिल्लो दुई वर्ष निकै थला परे ।
संसदीय दलको नेता निर्वाचित हुनासाथ हात सुनिने रोगले थलिएका उनी लामो समय ग्रान्डी अस्पतालमा उपचार गर्दा पनि नभएपछि थप उपचारका लागि बैंकक गए । झन्डै एक महिना लामो उपचारपछि नेपाल फर्किएका ओली शारीरिक रूपमा निकै गले पनि राजनीतिक रूपमा गलेका देखिएनन् ।
नवौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका उनी बिमारी भएकै कारण देश दौडाहामा निस्कन सकेनन् । तर, अध्यक्षमा निर्वाचित भइछाडे । अध्यक्ष निर्वाचित भएपछि उनले पार्टी कार्यकर्तालाई सम्बोधन गर्नेक्रममा आफूसँग समय धेरै नभएको भन्दै जे गर्ने हो रफ्तारमा र कसैलाई काखा पाखा नगरी गर्ने बताए ।
अडानबाट पछि नहट्ने छवि बनाएका उनले वास्तवमै जे गरे समयको रफ्तारमै गरे । संविधान निर्माणमा अगुवाइ गरे । आठ वर्षसम्म बन्न नसकेको संविधान बनाउन अग्रणी भूमिका खेले र राजनीतिको माथिल्लो पद प्रधानमन्त्रीसम्मको यात्रा सुनिश्चित गरे ।
अाजकाे नयाँ पत्रिकाबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending