Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रचण्डको अर्को ‘बोल्ड डिसिजन’

\"prachanda\"काठमाडाैं । एमाओवादी अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । त्यसयताका सरकार गठनमा पनि पनि उनको उत्तिकै हात रह्यो । माधव नेपाललाई सभासद्द बनाउनेदेखि प्रधानमन्त्री बनाउने, एमालेकै झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने र अहिले आएर एमालेकै अध्यक्ष केपी ओलीलाई पनि प्रधानमन्त्री बनाउन महत्पपूर्ण सहयोग गरेर प्रचण्डले बोल्ड डिसिजन गर्दै आएका छन् । आफ्नै पार्टीका बाबुराम भट्टराई र प्रधानमनन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् बनाउन पनि उनकै प्रस्ताव अनुसार सम्भव भयो ।
प्रचण्डकाे अर्काे बाेल्ड डिसिजनबारे अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ–
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एमाओवादी अध्यक्ष प्रचण्डका सदाबहार आलोचक हुन् । तर, आइतबार नयाँ प्रधानमन्त्री चयन गर्न बसेको संसद् बैठकमा केसीको प्रस्तुति १८० डिग्रीमा फरक थियो ।
  • प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन गर्न रोस्ट्रममा उभिएका उनले भने, ‘लामो समयदेखि म प्रचण्डको आलोचक हुँ, तर राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ । अहिले प्रचण्डको दृढता र अडानले देश र जनतालाई पनि खुसी बनाएको छ । संविधान ल्याउन उहाँले देखाएको दृढता र अडानले म सबैभन्दा खुसी छु ।’
  • केसीभन्दा अगाडि बोल्ने क्रममा प्रचण्ड भन्दै थिए, ‘हिजो संविधान निर्माणका क्रममा जुन शक्तिले हामीलाई विभाजित गराउन खोजेको थियो, आज सरकार गठन गर्दा पनि त्यही शक्तिले विभाजित गराउन खोजेको छ । तर, हिजो सुशीलजीको नेतृत्वमा हामी एकढिक्का भयौँ, तर सुशीलजी किन अलग्गिनुभयो ? मलाई साँच्चै गहिरो दु:ख छ ।’
  • प्रचण्डले कांग्रेसले गलत निर्णय गरेको भन्दै त्यसलाई सच्याउन पनि अनुरोध गरेका थिए, ‘हिजो लखनउ विद्रोह दबाउन अंग्रेजको आदेशमा नेपाली फौज पठाउने जंगबहादुर थिए, अनि स्वाधीनताका लागि लड्ने भीमसेन थापा पनि थिए । त्यस्तै छिमेकीको इशारामा चल्ने मातृकाप्रसाद कोइराला पनि थिए, देशभक्त बिपी कोइराला पनि थिए, अब हामी जंगबहादुरको बाटो हिँड्ने कि भीमसेन थापाको ? मातृकालाई पछ्याउने कि बिपीलाई ? छातीमा हात राखेर सोच्न म कांग्रेसका साथीहरूलाई अनुरोध गर्दछु ।’
  • छिमेकीको पहल बढेपछि प्रधानमन्त्री निर्वाचनको अन्तिमसम्म पनि परिणाम के हुने हो भन्नेमा आशंका थियो, तर एमाओवादी अध्यक्ष प्रचण्ड एमालेको पक्षमा दृढतापूर्वक उभिएनन् मात्र नेपालको सरकार नेपालीकै बलमा बनाउने अभियान सफल बनाउन सक्रियतापूर्वक आफैँ खटिए । त्यसैले नै हो, एमाले अध्यक्ष केपी ओली देशको प्रधानमन्त्री भएका छन्, तर देशमा प्रचण्ड पनि प्रशंसाका पात्र भएका छन् ।
  • त्यसो त नेपालको सरकार नेपाली जनताका प्रतिनिधिका बलमा मात्रै बनाउन प्रचण्डले पहिलोपटक पहल गरेका होइनन् । उनकै ‘बोल्ड डिसिजन’ले एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । भलै, एमालेभित्रकै असहयोगले खनाल सरकार असफल भयो ।
  • राज्य सञ्चालनमा छिमेकीको हस्तक्षेप स्वीकार गर्न नसक्ने भन्दै प्रचण्डले ०६६ मा अनपेक्षित रूपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । त्यही दिनदेखि नै संविधान निर्माणको मुख्य एजेन्डा ओझेलमा परेर सरकार बनाउने–ढाल्ने खेल सुरु भएको थियो । तर, प्रचण्डले नै कांग्रेस–एमालेसँग सहमति गरेर संविधान बनाए, एमालेसँग मिलेर सरकार बनाएका छन् । अब राजनीति आफ्नै स्वाभाविक र सामान्य गतिमा अघि बढ्ने बाटो खुलेको छ ।
  • संविधान निर्माणदेखि सरकार गठनसम्म प्रचण्डको अडान र अभिव्यक्ति देखेर राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालमा पनि चर्चा–परिचर्चा भइरहेको छ । कतिले त एमालेका नेताहरूलाई प्रधानमन्त्री बनाउने जिम्मा प्रचण्डकै रहेछ भनेर लेखेका छन, कतिले एमालेका नेताहरूले प्रचण्डको गुण कसरी तिर्लान् भनेर चासो पनि व्यक्त गरेका छन् ।
- See more at: http://www.enayapatrika.com/2015/10/32932#sthash.jWYLBS2S.dpuf
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending