Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

अनमोल बचत तथा ऋण सहकारी संस्था लि को छैठौं वार्षिक साधारणसभा सम्पन्न

\"12165263_859453637484656_1801617460_o\"भक्तपुर । पूर्व गृह राज्यमन्त्री तथा राष्ट्रिय सहकारी संस्था लि।का पूर्व अध्यक्ष दिपक बाँस्कोटाले सहकारी क्षेत्रलाई व्यापारीक केन्द्र बनाउने प्रवृत्तिलाई अन्त्य गर्नु पर्नु बताएका छन् । अनमोल बचत तथा ऋण सहकारी संस्था लि। सुर्यबिनायकको छैठौं साधारण सभाको उद्घाटन गर्दै बाँस्कोटाले व्यापार गर्ने भए सहकारी क्षेत्रमा नभई अन्य क्षेत्रमा लागि व्यापार गर्नु पर्ने बताए । सहकारी क्षेत्रमा व्यापार गरी ठगी गर्नेहरुले सहकारीको नाम बदनाम गरेको बताउँदै उनले एक दुई सहकारीले गरेको बदनामलाई सरकारले सबै माथि दोष थुपार्ने कार्यको अन्त्य गर्नु पर्नेमा जोड दिए । उनले देशले नयाँ संविधान पाइसकेको अवस्थामा सहकारी क्षेत्रको ऐन नियममा संशोधन गर्नु पर्ने भन्दै सहकारीका बिषयमा जानकारी नभएका मन्त्रीहरुकै कारण नेपालमा सोचे अनुसार सहकारीको बिकास हनु नसकेको बताए । कार्यक्रममा साधारण सदस्यहरुलाई बिभिन्न बिद्यामा सहयोग तथा पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, अर्थविद् दिवस शाक्य, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सुर्यबहादुर खाईतु, समाजसेवी टी।पी। उप्रेती, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, तथा यस संस्थाका शेयर सदस्य निश्चल बस्नेतले शुभकामना मन्तव्य दिएका थिए । संस्थाका अध्यक्ष बच्चुराम थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष शंकर के।सी।ले स्वागत मन्तव्य, सदस्य विश्वराम थापाले धन्यवाद ज्ञापन तथा कपिल के।सी।ले कार्यक्रम संचालन गरेका थिए । उक्त संस्थामा १९३५ सदस्य रहेका छन् भने शेयर पूँजी रु ६३ लाख ८३ हजार एक सय १० र निक्षेप रु। ८ करोड ४० लाख ८६ हजार ८ सय २२ रुपैयाँ ८१ पैसा रहेको छ । आगामी तीन वर्षका लागि बच्चुराम थापाको अध्यक्षमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसअनुसार उपाध्यक्षमा शंकर के।सी।, सचिवमा राजु श्रेष्ठ र कोषाध्यक्षमा तुलसा देवी थापा राई रहेका छन् भने सदस्यहरुमा क्रमशः विश्वराम थापा, लालीमान बुढा र गन्धर्वमान सिंह बस्नेत रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending