Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यसकारण अघि बढे सुशील

\"Sushil\"काठमाडाैं । शुक्रबार राति ९ बजेसम्म सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवारी दिने मनस्थितिमा थिएनन्। त्यतिबेला बालुवाटारमा कांग्रेस पदाधिकारी र केही केन्द्रीय सदस्यहरूमाझ महामन्त्री कृष्णप्रसाद सिटौलाले ‘सुशीलदा, तपाईंको फेरि प्रधानमन्त्री बन्ने चाहना हो कि होइन’ भनेर दुई पटकसम्म सोधे।   ‘तपाईंलाई सर्वसम्मत राष्ट्रपति बनाउने हो भन्नुभयो सिटौलाजीले,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले त्यस क्षणको संवाद सुनाए, ‘अहिले पूर्वसहमति र समझदारीअनुसार अघि बढ्दा नै मुलुकको हित हुन्छ भनेर मैले पनि थपें। उहाँ (कोइराला) ले अब तपाईंहरू जानुहोस्, म राष्ट्रपति र प्रधानमन्त्री दुवै हुन्न भन्नुभयो।’ केन्द्रीय कार्यसमितिमा पार्टीले फेरि सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा अत्यधिक बहुमत भए पनि महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौला, सहमहामन्त्री खड्का, वनमन्त्री आचार्य भने त्यसको विपक्षमा थिए। उनीहरू १६ बुँदे सहमतिका बेला भएको अनौपचारिक सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संयुक्त सरकार र कोइरालालाई सर्वसम्मत राष्ट्रपति बनाउने लबिङमा थिए। आफू राष्ट्रपति र प्रधानमन्त्री दुवै नहुने बताएलगत्तै कोइरालाले उपसभापति रामचन्द्र पौडेललाई ‘तपाईं प्रधानमन्त्रीको उम्मेदवार हुने हो’ भन्दै तयारी अगाडि बढाउन भने। ‘पौडेलजीले पार्टीमा धेरै दु:ख गर्नुभएको छ। उहाँलाई नै निर्णय गरौं भनेर म भोलि बिहान शेरबहादुरजीलाई पनि भन्छु,’ कोइरालाले पौडेलतिर हेर्दै सबैसामु भने, ‘तपाईंले तयारी थाल्नुहोस्।’ बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले त्यसो भनिसकेपछि पौडेल हौसिएर निस्किए। रातिदेखि नै आफ्नो पक्षमा समर्थन जुटाउनतिर लागे। शुक्रबार राति नै राप्रपा नेपाल र राप्रपाका नेताहरूसँग कुराकानी गर्न भ्याए। शनिबार बिहान ८ बजे पार्टीको पदाधिकारी बैठक बस्ने भनिएअनुसार उनी बालुवाटार पुगे। त्यतिबेलासम्ममा कोइरालाको निर्णय परिवर्तन भइसकेको थियो। पौडेलतिरै नहेरी कोइराला केहीबेर चुपचाप बसे। त्यहाँ बस्दाबस्दै पौडेललाई राष्ट्रपतिले भेट्न चाहेको खबर आयो। उनी तत्काल शीतलनिवास पुगे। कोइरालाको हाउभाउबाट उनले गडबडी भएको अन्दाज लगाइसकेका थिए। बिहान ८ बजे बस्ने भनिएको पदाधिकारी बैठक शेरबहादुर देउवा अनुपस्थित भएका कारण १० बजेसम्म बस्न सकेन। सबै उनकै प्रतीक्षामा बसे। बालुवाटार आउनासाथ देउवाले सुरुमै कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारीका लागि प्रस्ताव गरे। पौडेलले कोइराला आफैं उम्मेदवार हुँदैछन् भन्ने राष्ट्रपति रामवरण यादवबाट जानकारी पाइसकेका थिए। अन्तत: देउवा प्रस्तावक रहेको कोइरालाको उम्मेदवारीमा पौडेल नै समर्थक भए। स्रोतका अनुसार शुक्रबार राति नै प्रधानमन्त्री कोइराला र भारतीय राजदूत रणजित रायबीच पटक–पटक संवाद भएको थियो। त्यसपछि कोइरालाले निर्णय परिवर्तन गरेको कांग्रेसको उच्च स्रोतले उल्लेख गर्‍यो। कांग्रेस केन्द्रीय समिति ओलीको विकल्प पार्टीभित्रैबाट दिनुपर्ने निचोडमा पुगेपछि प्रधानमन्त्रीका लागि देउवा र पौडेलको आकांक्षा तीव्र भएको थियो। देउवाले संसदीय दलको निर्वाचन गराउन माग गरेका थिए। दलको निर्वाचनबाट जो नेता हुन्छ, उसैलाई स्वीकारेर अघि बढ्नुपर्ने देउवाको भनाइ थियो। पौडेल पार्टीको केन्द्रीय कार्यसमितिबाटै निर्णय लिनुपर्ने पक्षमा थिए। दलको निर्वाचन गराउँदा देउवा नै आउन सक्ने भय कोइरालामा पनि थियो। पार्टीको १३औं महाधिवेशनको मुखमा देउवालाई प्रधानमन्त्रीका लागि बाटो छाड्ने पक्षमा उनी थिएनन्।   पार्टी प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, मिनेन्द्र रिजाल, दिलबहादुर घर्तीलगायतले ओली कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने भन्दै कोइरालालाई उम्मेदवार बन्न निरन्तर हौस्याइरहेका थिए। तर, महामन्त्रीद्वय सिंह र सिटौला, सहमहामन्त्री खड्कालगायतले सकभर एमाले नेतृत्वमै संयुक्त सरकार बनाउने, नभए पनि कोइराला आफैंचाहिँ कुनै हालतमा उम्मेदवार बन्न नहुने भन्दै आएका थिए। उनीहरू देउवा वा पौडेललाई उम्मेदवार बनाएर जानुपर्ने पक्षमा थिए। ‘यो निर्णयले शिखरमा पुगेको कोइरालाको छवि गर्धन एकातिर र शरीर अर्कोतर्फ भएजस्तो अवस्थामा पुगेको छ। यो कोइरालाको सत्तालिप्सा र लोभको पराकाष्ठा हो,’ कोइरालाको निर्णयप्रति असहमति जनाउँदै खड्काले भने, ‘आम जनतामाझ कांग्रेसको छविलाई समाप्त पार्ने काम भएको छ।’ ओलीको विकल्प खोज्नुपर्नेमा कांग्रेस केन्द्रीय कार्यसमिति एकमतजस्तै देखिए पनि प्रधानमन्त्री र राष्ट्रपति नै गुमाउने अवस्थामा पुग्न नहुने दबाब कांग्रेसमा थियो। आखिर कोइरालाले किन लिए यस्तो जोखिम? ‘तराई–मधेसको समस्या समाधान गर्न सके यसको जस लिन सकिन्छ र आन्दोलनपछि मधेसमा गुमेको कांग्रेसको साख उठाउन सकिन्छ भन्ने उहाँमा परेको छ,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले बताए। अब बन्ने सरकारले स्थानीय निकायको निर्वाचन र संसदीय निर्वाचनसम्म गर्न सक्ने भएकाले ओलीको नेतृत्वमा सरकार बने पार्टी दोस्रो स्थानमा खुम्चिन सक्ने त्रास कांग्रेसका थुप्रै नेताहरूमा छ। त्यसको प्रभाव पनि कोइरालाको उम्मेदवारीमा परेको छ। संविधान जारीपछि एमाले, त्यसमा पनि ओली तराई–मधेसको आन्दोलनको माग सम्बोधन गर्ने विषयमा अनुदार देखिएको कांग्रेसको आरोप छ। आन्दोलनरत पक्षहरूको माग सम्बोधन गर्न संविधान संशोधनको विधेयक ल्याउनसमेत एमालेले असहयोग गरेको उसको भनाइ छ। ‘संविधान संशोधनमार्फत तराई–मधेसको माग सम्बोधन गर्न पनि कांग्रेस नेतृत्वमा सरकार बन्न आवश्यक छ,’ नेता अर्जुननरसिंह केसीले भने, ‘बरु उम्मेदवारी दिन ढिलाइ हुनु ठूलो गल्ती हो।’ मधेसी मोर्चाले समर्थन गर्ने संकेत  आन्दोलनरत मधेसी मोर्चाले प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुने बताउँदै सुशील कोइरालालाई सघाउने संकेत गरेको छ। तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चाको निर्णय नभए पनि कोइरालालाई मत दिन सकिने बताएका हुन्। ‘कोइरालाजीले भोट माग्नुभएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको कुराकानीमा उनले हाँस्दै भने, ‘उहाँको विषयमा पनि बैठकमा छलफल गर्नेछौं।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending