Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रधानमन्त्रीका लागि ओलीलाई ३२३ को प्रतिवद्धता

\"prachanda-oli-nepal\"काठमाडौं । उग्र वामको बिल्ला भिरेको एमाओवादीको प्रस्ताव र हिन्दु राष्ट्र तथा राजतन्त्रवादी राप्रपा नेपालको समर्थनमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदका बलिया उम्मेदवार बनेका छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ आइतबार हुने निर्वाचनमा बहालवाला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका अध्यक्ष सुशील कोइराला र एमाले अध्यक्ष ओलीले शनिबार संसद् सचिवालयमा उम्मेदवारी दर्ता गरेका हुन्।   अन्तिम समयमा राजनीतिक समीकरणमा चमत्कारपूर्ण परिवर्तन र अवज्ञा नभएमा ओलीका पक्षमा ३२९ सदस्यहरूले समर्थन जनाएका छन्। सभामुखसहित ५९८ सदस्य रहेको संसद्मा प्रधानमन्त्री निर्वाचित हुन कम्तीमा २९९ मत आवश्यक पर्छ।   स्पष्ट रूपमा देखापरेका समीकरणका अनुसार ओलीका पक्षमा एमालेका १८३, एमाओवादीका ८३ र राप्रपा नेपालका २५ सहित बाँकी ३८ वाम समूह र साना दलहरूका सदस्यको समर्थन छ।   कोइरालाको पक्षमा अहिलेसम्म कांग्रेसका २०७ को समर्थन छ भने संविधानसभाको प्रक्रिया बहिष्कार गर्दै आएका दुई मधेसी मोर्चाका ५३ सदस्यसमेत उनको पक्षमा जाने सम्भावना छ।   अहिलेको समीकरणमा पार्टी नेतृत्वले लिएका निर्णयविरुद्ध एमाओवादी, राप्रपा नेपाल र नेपाली कांग्रेसभित्र पनि केही विरोधका स्वरहरू अभिव्यक्त भएका छन् । तर पनि उनीहरूले पार्टीविपरीत मतदान दिने कुनै संकेत दिएका छैनन्।   वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्ताव र पार्टीकै उपसभापति रामचन्द्र पौडेलको समर्थनमा कोइराला मैदानमा उत्रिएका छन्। आफ्नै दलका केही नेता र सभासद्को असन्तुष्टिबीच उम्मेदवारी दिएका कोइरालाका पक्षमा शनिबार रातिसम्म अन्य कुनै दलले समर्थन जनाएका छैनन्।   ओलीको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छन् भने राप्रपा नेपालका अध्यक्ष थापासहित साना १४ दल र एक स्वतन्त्र सभासद्ले समर्थन जनाएका छन्।   राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी ९लोकतान्त्रिक०, बहुजन शक्ति पार्टी, समाजवादी जनता पार्टी, नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, दलित जनजाति पार्टी नेपाल र स्वतन्त्र सभासद् अतहर कमाल मुसलमान ओलीको समर्थनमा छन्।   चार सिट भएको नेमकिपा र तीन सिट भएको नेकपा संयुक्तले पनि ओलीलाई समर्थन जनाउने एमाले प्रमुख सचेतक अग्नि खरेलले बताए। यी दुई दलसँगै ओलीका पक्षमा ३३० को समर्थन जुट्नेछ । तर सभामुख सुवास नेम्बाङले मतदानमा भाग नलिने भएकाले एक सिट घट्नेछ।   संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने भन्ने पूर्वसहमतिअनुसार कांग्रेसले आफूलाई समर्थन गर्ने ओलीले बताए। ‘अहिलेको आवश्यकता सहमति नै हो,’ उम्मेदवारी दर्तापछि ओलीले भने, ‘भद्र सहमतिअनुसार कांग्रेसले मलाई समर्थन गर्छ भन्ने मलाई विश्वास छ।\'   संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय एकता आवश्यक रहेकोमा ओलीले जोड दिए । उम्मेदवारी दर्तापछि ओली, दाहाल र राप्रपा नेपालका अध्यक्ष थापाले हात मिलाएर अभिवादन गरेका थिए।   कोइराला भने आफ्नो दलको समर्थनमा मात्र उम्मेदवार बनेका छन्। ुकांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ,’ उम्मेदवारी दर्तापछि कोइरालाले भने, ‘यो कुनै अनौठो कुरा होइन, लोकतान्त्रिक प्रक्रिया हो।ु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending