बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवखानी–बोङ्गादोभान मोटरबाटोअन्तर्गत मल्मको काउले खोलादेखि नाच्नेडाँडा जोड्ने सडकखण्डको काउलेमा करिब ७५ मिटर भूभाग पहिरोले बगाएपछि गैराखर्क बस्ती जोखिममा परेको हो।
मनसुन सुरु भएसँगै गलकोट क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएपछि गैराखर्कवासी त्रासमा रहेको स्थानीय ज्ञानबहादुर थापाले बताए।
उनले भने, “पहिरोले बाटो पूरै बिग्रिसकेको छ। पानी नरोकिए र तत्काल नियन्त्रणको प्रयास नभए पहिरो बस्तीमा पस्ने डरले रातभर निदाउन सकेका छैनौँ।”
थापाका अनुसार पहिरोका कारण गैराखर्क गाउँका १३ घरपरिवार, जनहित माध्यमिक विद्यालय र जनहित कला केन्द्रको भवन जोखिममा परेका छन्। पहिरोले मोटरबाटोमा क्षति पुर्याउँदा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा विद्यार्थीको विद्यालय आवतजावत र स्थानीयको दैनिक जीवनसमेत प्रभावित भएको उनले बताए।
गलकोट नगरपालिका–७ का वडाध्यक्ष राज थापाले पहिरो नियन्त्रण गरी बस्तीलाई सुरक्षित बनाउन पहल भइरहेको बताए। उनले भने पहिरो रोकथामका लागि नगरपालिका र जिल्ला प्रशासनसँग समन्वय गरी तत्काल अस्थायी संरक्षणको प्रयास गरिरहेका छौँ।”
समयमै जोखिम न्यूनीकरण गर्न नसके जनधनको ठुलो क्षति हुन सक्ने सम्भावना रहेको वडाध्यक्ष थापाले बताए। पहिरोको अवस्थाबारे गलकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई जानकारी गराइएको उनले बताए। स्थानीयले क्षति हुनुअघि नै सचेतना अपनाउन र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: