काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयाससँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले औपचारिक प्रष्टीकरण दिएको छ।
कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा ट्राफिक प्रहरीले जरिवाना तिराएकै कारण गणेश नेपालीले आत्मदाहको प्रयास गरेको भन्ने प्रचार भ्रामक, तथ्यहीन र पुष्टि नभएको जनाएको हो।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीद्वारा जारी विज्ञप्तिमा ट्राफिक प्रहरीले गणेश नेपालीलाई कुनै पनि प्रकारको जरिवाना नगरेको र उक्त घटनासँग ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘ट्राफिक प्रहरीले निजलाई कुनै पनि प्रकारको जरिवाना नगरेको तथा ट्राफिक कारबाहीसँग यस घटनाको कुनै सम्बन्ध नरहेको तथ्य स्पष्ट पार्न चाहन्छौँ।’
ट्राफिक प्रहरीका अनुसार घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ। अनुसन्धान निष्कर्षमा नपुग्दै सुरक्षा निकायको नाम जोडेर विभिन्न किसिमका अपुष्ट सूचना सार्वजनिक गर्दा भ्रम फैलिएको भन्दै कार्यालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ट्राफिक प्रहरीले सत्यतथ्य पुष्टि नगरी अनुमानका आधारमा समाचार र टिप्पणी नगर्न तथा आधिकारिक जानकारीलाई मात्रै आधार बनाउन सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...
श्रावण ६ गते, २०८३ - ०८:२२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...
श्रावण ६ गते, २०८३ - ०७:५८
काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...
श्रावण ६ गते, २०८३ - ०७:५४
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...



प्रतिकृया लेख्नुहोस्: