Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भारतद्वारा नाकाहरुमा झन् कडाइ

\"Bhairahawa-naka\"काठमाडाैं । भारतीय पक्षले नेपालसँगका प्रमुख भन्सारनाकामा बिहीबार फेरि कडाइ गरेको छ। नेपालमा सामान आयात हुने प्रमुख भन्सारनाका वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्ज र काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेका गाडी प्रवेश गरेका छैनन्।
अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ– काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकृत दीपेन्द्र झाले दिएको जानकारीअनुसार बिहीबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका पाँचवटा ट्यांकर पानीट्यांकीस्थित भारतीय भन्सार आइपुगेका छन्। मेची भन्सारबाट जम्मा ७५ वटा मालवाहक सवारीसाधन प्रवेश गरेका छन्, जसमा आलु–प्याज, सिमेन्टका क्लिंकरजस्ता सामग्रीमात्र थिए।
भारत पश्चिमबंगाल न्यु जलपाइगुडीस्थित डिपोमा ट्यांकर लिएर गएका नेपाली चालक महमद इब्राहिमले भने, \'सहचालकले १५ दिनसम्म तेल पाउने आशामा जलपाइगुडीमा ट्यांकर कुरेर बस्नुपर्‍यो।\' नेपालका ट्यांकरका कारण त्यहाँ आवतजावत बन्द हुने स्थिति आएपछि मात्रै भारतीय आयल निगमले त्यहाँ रहेका ३५ वटा ट्यांकरलाई पेट्रोलियम पदार्थ लिएर जान अनुमति दिएको उनले बताए।
ट्यांकर चालकका अनुसार नेपालको तराई क्षेत्रमा भइरहेको हडताल अन्त्य नभएसम्म भारतीय आयल निगमले पेट्रोलियम पदार्थ लोड गर्न नदिने बताउँदै आएको छ। चालक इब्राहिमले भने, ‘उनीहरूले जबसम्म तपाईंहरूको हडताल सकिँदैन, तबसम्म पेट्रोलियम पदार्थ लिन नआउनू भनेका छन्।\'
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लय भण्डारीका अनुसार अब तेल भर्न जानेमध्ये १० प्रतिशतलाई मात्र तेल दिने भारतीय पक्षले बताएको छ । तर आयल निगम चारआलीका प्रमुख कमलेश अर्यालका अनुसार खाली भएका ट्यांकर तेल भर्न न्यु जलपाइगुडी पठाइनेछ। उनले भने,\'डिपोअगाडि नेपालका खाली ट्यांकर देखेपछि भारतीय पक्ष तेल दिन बाध्य हुनेछ।\'
विराटनगरको जोगबनी नाकामा भारतीय पक्षले फेरि कडाइ गरेको छ। भारतीय पक्षको कडाइका कारण बिहीबार पेट्रोल र डिजेल भित्रन सकेन। एउटामात्र ग्यास बुलेट भित्रिएको छ। उक्त नाकाबाट बिहीबार साँझ ७ बजेसम्ममा ४५ वटा मालवाहक सवारीसाधन भित्रिएका छन्, जसमा औद्योगिक कच्चा पदार्थ, कुखुराका दाना, चामल र धान लोड गरिएको थियो।
जोगबनी भन्सारले जाँचपासमा आनाकानी गर्दै मालवाहक सवारीसाधन तथा इन्धनका ट्यांकर नपठाएको जानकारी नेपाली अधिकारीले गराएका छन्।जोगबनी नाका हुँदै मालवाहक सवारीसाधन र इन्धन नेपाल नभित्रिएपछि बिहीबार अपराह्न नेपाली अधिकारीले चासो लिएका थिए।
विराटनगर भन्सारप्रमुख कृष्ण बस्नेतका अनुसार मध्याह्न १२ बजेपछि इन्धन बोकेका ट्यांकरसहितका मालवाहक सवारीसाधन नेपाल पठाउने आश्वासन जोगबनी भन्सारका कर्मचारीले दिएका थिए। \'हामी काम गर्दैछौं। केही बेरमै फटाफट पठाउँछौं भनेर भनेका थिए तर अघिल्लो दिनको तुलनामा अति नै कम गाडी भित्रिए’, बस्नेतले भने, ‘पेट्रोलियम पदार्थ बोकेका एउटा पनि ट्यांकर आएका छैनन्। भारतीय पक्षबाट सर्भरमा खराबी आएर समस्या उत्पन्न भएका कारण जाँचपास गर्न नसकिएको जबाफ आएको छ।\'
भैरहवा-सुनौली नाकामा तैनाथ सुरक्षाकर्मीले बुधबारदेखि मानिसलाई समेत आवत-जावतमा रोक लगाएका छन्। बेलहिया नाकामा मधेसी मोर्चा र सुरक्षाकर्मीबीचको झडपपछि दुवै देशका सीमावर्ती सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै सर्वसाधारणलाई रोकेर फर्काउन थालेका हुन्।
महाराजगन्जका डीएसपी पंकजकुमार सिंह र सीमावर्ती प्रहरीचौकीका सई भरत यादवको टोलीले भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोकेका छन्। नेपालको बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरीनिरीक्षक रवीन्द्रबाबु रेग्मी र सशस्त्र प्रहरीनिरीक्षक तुल्सीराम पाण्डेको टोलीले नेपाली नागरिकलाई भारतमा असुरक्षा भएको बताउँदै सीमा नाकाबाटै फर्काउने गरिरहेका छन्। पर्यटक, बिरामी, ट्रेन एवं बसको टिकट लिएका व्यक्तिबाहेक अन्य सबैलाई फर्काउने काम दुवैतर्फबाट भइरहेको प्रहरीनिरीक्षक रेग्मीले बताए।
नेपालगन्ज-रूपैडिया नाका पनि बिहीबार ठप्प भएको छ। दसगजामा मधेसी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि नाका ठप्प भएको हो। नेपालगन्ज-रूपैडिया नाकामा मधेसी मोर्चाको प्रभाव कम भएको भन्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारतीय बाटो हुँदै आन्दोलनलाई ऊर्जा दिन आएका छन् । महतो भारतीय बाटो हुँदै नेपालगन्ज रूपैडिया नाकामा आएर धर्नामा बसे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending