काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा (विधायन ऐन, २०८१)’ मा सर्वसाधारणसमक्ष राय माग गरेको छ।
मन्त्रालयले बिहीबार विभिन्न २० वटा ऐन संशोधनसम्बन्धी मस्यौदामा एक साताभित्र तोकिएको भाषा र ढाँचामा राय उपलब्ध गराउन अनुरोध गरेको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिएका छन्।
संशोधनका लागि राय माग गरिएका कानुनहरूमा कर्मचारी सञ्चय कोष ऐन, २०१९, जग्गा (नाप जाँच) ऐन, २०१९, भूमिसम्बन्धी ऐन, २०२१, शिक्षा ऐन, २०२८, मालपोत ऐन, २०३४, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५, नागरिक लगानी कोष ऐन, २०४७ तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ रहेका छन्।
त्यस्तै, निजामती सेवा ऐन, २०४९, विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०, स्वास्थ्य सेवा ऐन, २०५३, वैदेशिक रोजगार ऐन, २०६४, संघीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४, बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ पनि संशोधन सूचीमा समावेश छन्।
यसैगरी, भूउपयोग ऐन, २०७६, वन ऐन, २०७६, बिमा ऐन, २०७९ तथा विधायन ऐन, २०८१ मा पनि संशोधनका लागि सर्वसाधारणबाट राय माग गरिएको मन्त्रालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...
जेष्ठ २९ गते, २०८३ - १५:००
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...
जेष्ठ २९ गते, २०८३ - १४:४६
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...
जेष्ठ २९ गते, २०८३ - १४:३०
रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो
जेष्ठ २९ गते, २०८३ - १४:१४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिनका लागि चीन भ्रमणमा जाने भएका छन्। औपचारिक तालिकाअनुसार उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम...
जेष्ठ २९ गते, २०८३ - १४:०४
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...
जेष्ठ २९ गते, २०८३ - १३:५६
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा (विधायन ऐन, २०८१)’ मा सर्वसाधारणसमक्ष राय म...
जेष्ठ २९ गते, २०८३ - १३:३९
काठमाडौँ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएको छन् । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनी...



प्रतिकृया लेख्नुहोस्: