काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन, सामाजिक संस्था व्यवस्थापन र छानबिन प्रतिवेदनसम्बन्धी चार प्रमुख निर्णय गरेको छ।
बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार ऊर्जा क्षेत्रको विकासलाई लक्षित गर्दै चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। स्वीकृति पाउने आयोजनाहरूमा तल्लो अरुण जलविद्युत् आयोजना, तल्लो न्यादी खोला जलविद्युत् आयोजना, भुन्छा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजना रहेका छन्।
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले सामान्य प्रशासन मन्त्रालयबाट आएको निजामती सेवा ९सोह्रौँ संशोधन० नियमावली २०८१ लाई पनि स्वीकृत गरेको छ।
त्यस्तै, लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। उक्त समितिको अध्यक्षमा विशाल कुमार भण्डारीलाई तोकिएको छ।
बैठकले पूर्व गृह मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन पनि ग्रहण गरेको छ। प्रवक्ता पोखरेलका अनुसार प्रतिवेदन कार्यान्वयनबारे हाल अध्ययन भइरहेको छ र आवश्यक निर्णय पछि गरिनेछ।
यसैगरी, काठमाडौँमा मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिइएको छ। साथै, त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै कटौती नहुने सरकारले स्पष्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १२:५०
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...
श्रावण १५ गते, २०८३ - १२:३३
जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...
श्रावण १५ गते, २०८३ - १२:२७
महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...
श्रावण १५ गते, २०८३ - १२:१७
काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...
श्रावण १५ गते, २०८३ - १२:०४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...
श्रावण १५ गते, २०८३ - ११:३९
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...
श्रावण १५ गते, २०८३ - ११:३०
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...
श्रावण १५ गते, २०८३ - ११:१६
मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...
श्रावण १५ गते, २०८३ - १०:४८
काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...
श्रावण १५ गते, २०८३ - १०:३७
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...



प्रतिकृया लेख्नुहोस्: