Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

१८औँ वर्षमा दरबार रोधी क्लब : सांगीतिक उत्सवसँगै दृष्टिविहीन कलाकारलाई सहयोग

खबरडबली संवाददाता

काठमाडौं । नेपाली लोकसंगीत र रोधी संस्कृतिको प्रवर्द्धनमा सक्रिय दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडेर मनाउने भएको छ।

दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको क्लबले जेठ २९, ३० र ३१ गते तीनदिने विशेष सांगीतिक उत्सव आयोजना गर्दैछ। कार्यक्रममा लोकदोहोरी, आधुनिक तथा स्टेज प्रस्तुतीमार्फत चर्चित कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिनेछन्।

वार्षिकोत्सवको अवसरमा क्लबले दृष्टिविहीन तथा आर्थिक अभावमा संघर्षरत कलाकारहरूलाई नियमित सहयोग गर्ने अभियानको समेत घोषणा गरेको छ। सोही अभियानअन्तर्गत क्लबका सञ्चालक सुनिल कुँवरले हालै दृष्टिविहीन कलाकारहरूको संस्थालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

कुँवरका अनुसार आगामी वर्षहरूमा पनि वार्षिकोत्सवबाट प्राप्त आम्दानीको एक हिस्सा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कलाकारहरूको सहयोगमा खर्च गरिनेछ।

“१८ वर्षसम्म आइपुग्नुमा कलाकार, कर्मचारी र दर्शकको ठूलो साथ छ,” उनले भने, “अब हरेक वर्ष कम्तीमा ५० हजार रुपैयाँ संघर्षरत तथा दृष्टिविहीन कलाकारहरूका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छौं।”

तीनदिने सांगीतिक उत्सवको पहिलो दिन प्रेमराजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेले प्रस्तुति दिनेछन्। दोस्रो दिन रामजी खाँण, प्रीति आले र शान्ति रानी परियारले दर्शकलाई मनोरञ्जन दिनेछन् भने अन्तिम दिन विश्व दोङ र टीका सानुको प्रस्तुति रहनेछ।

क्लबका अनुसार कार्यक्रम प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुनेछ। वार्षिकोत्सवका अवसरमा दर्शकहरूलाई विभिन्न छुट तथा विशेष सुविधासमेत उपलब्ध गराइनेछ।

विगत १८ वर्षदेखि दरबार रोधी क्लब नेपाली लोकसंगीत, कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको प्रवर्द्धनमा सक्रिय रहँदै आएको छ। क्लबले दर्जनौं कलाकारलाई व्यावसायिक सांगीतिक मञ्च प्रदान गर्दै नेपाली लोकसांगीतिक क्षेत्रको विकासमा योगदान पुर्‍याएको दाबी गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा जाँच गाउँ !

जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...

कुलतको दलदलमा युवा, लागुऔषधले निम्त्याउँदै सामाजिक संकट

काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...

श्रमदान अभियानका अगुवा प्रसाद राई : पुलदेखि आत्मरक्षासम्म समाजसेवामा सक्रिय

धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...

पाकेको मासु फ्रिजमा राखेर बारम्बार तताएर खानु हानिकारक

काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...

रास्वपा लुम्बिनी अधिवेशन : सभापतिमा शालिकराम र गोपालबीच पुनः मतदान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...

टहरा हटाउने क्रममा भीरबाट खसालियो टेम्पो, पीडित भन्छिन्– ‘रोजीरोटीको आधार नै खोसियो’

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending