Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

एकताकाे सात महिनापछि पनि नेकपा ‘एक’ भएन, संगठन अझै दुई धारमै

खबरडबली संवाददाता

काठमाडौं । ठूलो प्रचारसहित घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सात महिना बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। शीर्ष नेताहरू एउटै मञ्चमा देखिए पनि पार्टीको तल्लो तहसम्म अझै पुरानै संरचना कायम रहँदा कार्यकर्तामाझ असन्तुष्टि बढ्न थालेको छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वमा बनेको नेकपाले २५ वटा समूह समेटिएको दाबी गरे पनि अधिकांश संगठनमा अहिले पनि तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीकै अलग अभ्यास चलिरहेको छ।

२५ सय सदस्यीय ‘विशाल कमिटी’, बैठकै बस्न गाह्रो

पार्टी एकतापछि बनाइएको केन्द्रीय कमिटी नै यति ठूलो छ कि बैठक गर्नसमेत कठिन हुने अवस्था देखिएको छ। करिब २३ सय सदस्यबाट सुरु गरिएको केन्द्रीय कमिटी २५ सयसम्म पुर्‍याउने निर्णय गरिएको थियो।

यही कारण पार्टीले निर्णय लिन छुट्टै ‘केन्द्रीय कार्य संयोजन समिति’ बनाएको छ। अहिले पार्टीका अधिकांश औपचारिक निर्णय यही समितिबाट भइरहेका छन्।

तल्लो तहमा अझै पुरानै पार्टी

प्रदेशदेखि वडा तहसम्म समायोजन नटुंगिँदा कार्यकर्ताहरू अन्योलमा छन्। विद्यार्थी, युवा र मजदुर संगठनहरू अझै अलग–अलग ब्यानरमा कार्यक्रम गरिरहेका छन्।

केन्द्रीय सदस्य ओसिम आलमले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्दै “माथि मात्रै नेकपा, तल सबै पुरानै पार्टी” भएको टिप्पणी गरेका छन्।

विद्यार्थी संगठनमा पनि तत्कालीन माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियू छुट्टाछुट्टै रूपमा सक्रिय छन्।

महाधिवेशन घोषणा, तर समायोजन अलपत्र

पार्टीले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। असारदेखि सदस्यता नवीकरण अभियान सुरु गर्ने योजना पनि छ।

तर जेठभित्र संगठन समायोजन सक्ने निर्णय भए पनि हालसम्म कुनै जनसंगठन वा भूगोलको संरचना पूर्ण रूपमा एकीकृत हुन सकेको छैन।

पार्टी कार्यालयका नेताहरूले “छलफल भइरहेको” दाबी गरे पनि कार्यकर्ताहरू भने नेतृत्व समायोजनभन्दा फेरि अर्को राजनीतिक समीकरणतर्फ केन्द्रित भएको आरोप लगाउन थालेका छन्।

निर्वाचनमा कमजोर प्रदर्शनपछि समेत संगठन पुनर्संरचना अघि बढ्न नसक्दा नेकपाको एकता व्यवहारमा भन्दा घोषणामै सीमित भएको टिप्पणी हुन थालेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि बजेटः किसानका लागि सपना, व्यापारीका लागि अवसर

“कागलाई बेल पाक्दा हर्ष न विस्मत” को पुरानै नियति

बजेटमा महिला : ‘ब्लु बस’ देखि सुत्केरीको उद्धारसम्म, स्वास्थ्यकर्मीको भत्ता पनि दोब्बर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत महिला उद्यमशीलता, सुरक्षित सार्वजनिक यातायात, स्वास्थ्य सेवा र मातृ सुरक्षालाई प्राथमिकताम...

विद्वान् अर्थमन्त्रीको बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो : बाबुराम भट्टराई

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति शैली र भाषाशैलीलाई नयाँ तथा आकर्षक ...

बजेट भाषणमा विकास र समृद्धिका ठूला कुरा धेरै सुनिएः शंकर पोखरेल

काठमाडाैं । एमाले महासचिव शंकर पोखरेलले सरकारले बजेट भाषणमा विकास र समृद्धिका ठूला नारा घन्काए पनि बजेटको प्राथमिकताले त्यसलाई पूर्णतः अस्वीकार गरेको ...

तीन देशका नेपाली दूतावास र एक शाखासहित दुई महावाणिज्य दूतावास खारेज

काठमाडाैं । सरकारले विभिन्न तीन देशमा रहेका नेपाली दूतावास खारेज गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेन...

कुन मन्त्रालयलाई कति बजेट ?

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा पूर्वाधार, शिक्षा, ऊर्जा र स...

एकताकाे सात महिनापछि पनि नेकपा ‘एक’ भएन, संगठन अझै दुई धारमै

काठमाडौं । ठूलो प्रचारसहित घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सात महिना बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। शीर्ष नेत...

प्रधानमन्त्रीमाथि कांग्रेसको प्रहार: ‘बहुमतको बलमा गैरजिम्मेवार ढंगले सरकार चलाइँदै’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साह जनताप्रति जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले संसद र सार्वजनिक उत्तरदायित्वप्रति...

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा आर्थिक वर्ष २०८३०८४ को बजेट प्रस्तुत गर्ने ...

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending