काठमाडौं । संघीय संसद् सचिवालय ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न हाल प्रयोग भइरहेको बहुउद्देश्यीय संसद् हलमै संयुक्त बैठक बस्ने तयारी गरेको छ। नयाँ संसद् भवनको काम अझै पूरा नभएकाले पुरानै हलबाट बजेट प्रस्तुत गर्ने तयारी गरिएको हो।
नयाँ संसद् भवनको फिनिसिङलगायतका काम नसकिएकाले आगामी १५ जेठमा बस्ने संयुक्त बैठक हालकै बहुउद्देश्यीय हलमा हुने तयारी गरिएको सचिवालयले जनाएको छ। बजेट प्रस्तुत गर्नुअघि गरिने अभ्यास (रिहर्सल) पनि बिहीबार सोही हलमै गर्ने तयारी छ।
संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार नयाँ भवनको हलमा बैठक बस्ने तयारी भए पनि निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएकाले हालकै हलमा बैठक बस्नुपर्ने अवस्था आएको हो।
उनका अनुसार नयाँ संसद् भवनमा १५ जेठमा संयुक्त बैठक बस्ने र बजेट प्रस्तुत गर्ने तयारी भए पनि निर्माण कार्यको अवस्थाले त्यो सुनिश्चित हुन सकेको छैन। त्यसैले हाल प्रयोग भइरहेको बहुउद्देश्यीय हलमै बैठक बस्ने बाध्यता रहेको उनले बताएका छन्।
नयाँ संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजना ले लिएको हो भने ठेक्का तुन्दी–सेक जेभी लाई दिइएको छ।
सम्झौताअनुसार भवन निर्माण कार्य २०७९ असोज १६ भित्र सम्पन्न हुनुपर्ने थियो। तर निर्माण समयमै पूरा हुन नसक्दा पटक–पटक म्याद थप गरिएको छ। हालसम्म छ पटक म्याद थप भइसकेको छ भने पछिल्लो पटक थपिएको ९० दिनको अवधि यही जेठ महिनामा सकिँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १७:४८
काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...
जेष्ठ १३ गते, २०८३ - १७:४१
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...
जेष्ठ १३ गते, २०८३ - १७:२६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...
जेष्ठ १३ गते, २०८३ - १७:१५
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...
जेष्ठ १३ गते, २०८३ - १७:०२
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...
जेष्ठ १३ गते, २०८३ - १६:४६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...
जेष्ठ १३ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...
जेष्ठ १३ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...
जेष्ठ १३ गते, २०८३ - १६:२६
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...
जेष्ठ १३ गते, २०८३ - १५:५१
काठमाडौं । संघीय संसद् सचिवालय ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न हाल प्रयोग भइरहेको बहुउद्देश्यीय संसद् हलमै संयुक्त बैठक बस्ने तयारी गरेको छ।...



प्रतिकृया लेख्नुहोस्: