काठमाडौं । नेपाली सेनाले विगतका अनुभव र सिकाइलाई आधार मानेर यस वर्षको मनसुनका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार गर्ने उद्देश्यसहित सेनाले संघीयदेखि स्थानीय तहसम्म समन्वयात्मक तयारीलाई प्राथमिकता दिएको जनाएको छ ।
सेनाका अनुसार जिल्ला स्तरका गण तथा गुल्महरूमा तत्काल परिचालन हुन सक्ने गरी फौजलाई तयारी अवस्थामा राखिएको छ । साथै प्रदेशस्तरीय पृतनामा उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ ।
विपद् प्रभावित क्षेत्रमा दुर्गम स्थानसम्म राहत तथा उद्धार सामग्री पुर्याउन हेलिकप्टरलगायत हवाई साधनहरू पनि तयारी अवस्थामा राखिएको छ । काठमाडौं बाहेक सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाइ’ राखिएको सेनाले जनाएको छ । मनसुन सुरु भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने गरी थप हवाई साधनहरू काठमाडौंमा तयारी अवस्थामा राखिने व्यवस्था गरिएको छ ।
बाढी र पहिरोका कारण अवरुद्ध हुने सम्भावित राजमार्गहरू छिटो सञ्चालन गर्न विभिन्न स्थानमा बेलिब्रिजहरू पनि तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक–एक सेट बेलिब्रिज राखिएको छ । यस्तै गौचर ब्यारेकमा तीन वटा द्रुत यान्त्रिक पुलहरू पनि राखिएका छन्, जसलाई आवश्यक स्थानमा तुरुन्त पुर्याएर सञ्चालन गर्न सकिने जनाइएको छ ।
विशेष उद्धारका लागि शीघ्र प्रतिकार्य टोलीलाई काठमाडौंको गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको छ, जसलाई आवश्यकता अनुसार हवाई मार्गबाट प्रभावित क्षेत्रमा पठाइनेछ । स्वास्थ्य सेवाका लागि देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ । औषधि, उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको तथा प्रत्येक पृतनामा राहत सामग्री भण्डारण गरिएको सेनाले जनाएको छ ।
त्यस्तै, सडक खुलाउने, पहिरो पन्छाउने र क्षतिग्रस्त संरचना मर्मतका लागि भारी उपकरण र दक्ष अपरेटरसहितको टोली पनि तयारी अवस्थामा राखिएको छ । नेपाली सेनाले विपद् व्यवस्थापनलाई एकल प्रयासले मात्र सम्भव नहुने भन्दै संघीय, प्रदेश र स्थानीय सरकारका निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँगको समन्वयलाई विशेष प्राथमिकता दिएको छ ।
यसैक्रममा गत वैशाख २१ देखि २३ गतेसम्म जंगी अड्डामा ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो, जसमा सरकारी तथा गैरसरकारी निकायहरूको सहभागितामा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि, समन्वय र सहकार्य सुदृढ गर्ने उद्देश्य राखिएको थियो । यस्ता अभ्यासहरू क्रमशः प्रदेश र जिल्ला तहसम्म विस्तार गरिने योजना छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार मनसुनजन्य विपद्का चुनौतीलाई ध्यानमा राख्दै पूर्वतयारी योजनाअनुसार सबै निकायसँग समन्वय गरी जनधनको क्षति न्यून गर्ने लक्ष्यसहित नेपाली सेना प्रतिबद्ध छ ।
वर्षेनि दोहोरिने बाढी, पहिरो र डुबानजस्ता विपद्का जोखिम बढ्दै गइरहेका बेला सेनाको यो तयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - ०९:१६
काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्राल...
जेष्ठ ७ गते, २०८३ - ०९:१५
काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरिएकाे छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धात्मक माध्यमबाट ...
जेष्ठ ७ गते, २०८३ - ०९:१३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्य...
जेष्ठ ७ गते, २०८३ - ०९:०५
काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक स...
जेष्ठ ७ गते, २०८३ - ०८:३८
काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि ...
जेष्ठ ७ गते, २०८३ - ०८:३७
काठमाडाैं । मे २०२६ मा विश्व राजनीतिले एउटा दुर्लभ दृश्य देख्यो । पाँच दिनको अन्तरमै दुई महाशक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र...
जेष्ठ ७ गते, २०८३ - ०८:२५
काठमाडौं । नेपाली सेनाले विगतका अनुभव र सिकाइलाई आधार मानेर यस वर्षको मनसुनका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । ...
जेष्ठ ७ गते, २०८३ - ०८:२३
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो ...
जेष्ठ ७ गते, २०८३ - ०८:१८
काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी...
जेष्ठ ६ गते, २०८३ - २०:११
काठमाडौं । नेपाली कांग्रेस ले अब चुनावलाई केवल भाषण र झन्डामात्रै होइन, “डाटा र रणनीति” बाट जित्ने तयारी थालेको दाबी गरेको छ । त्यसका लागि पार्टीको नि...



प्रतिकृया लेख्नुहोस्: