Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

संसारका अनाैठा कानुन भएका ५ मुलुकहरू

\"Law\"विश्वका केहि मुलुकहरुमा यस्ता अच्चमका कानुनहरु पनि छन् जो सुन्दा पनि अच्चम लाग्ने र पत्याउनै गाह्रो हुने खालका छन् ।  केही विचित्र कानून भएका ५ देश र ति देशमा भएका कानुनहरु यस्ता छन् : स्विजरल्याण्डको :- सुन्दा अनौठो र असम्भव पनि लाग्नसक्छ । तर त्यहाँको कानून अनुसार रातको १० बजेपछि ट्वाइलेटको फ्लस चलाउनु गैरकानूनी हुन्छ । रातको १० बजेपछि फ्लस चलाउँदा ध्वनी प्रदुषण हुने ठहर कानूनले गरेको छ जसका कारण छिमेकीलाई डिस्टर्ब हुन्छ । कसैलाई मध्यरातमा ट्वाइलेट जानु परेमा यो कानुनले उसलाई फल्स चलाउन ब्रजित गरेको छ । तर यो कानुनको पालना भने प्राय शुन्य हुन्छ । अस्ट्रेलिया :- प्राय जसो देश र ठाउँहरुमा बिजुली सम्बन्धी काम गर्न कोह बाहिरको मानिस वा लाइसेन्स भएको मानिस खोजिरहनु पर्दैन । तर यो देको कानुन अनुसार भने विजुलीको बल्ब फेर्न पनि अनुमति पत्र चाहिन्छ । त्यहाँ फ्युज गएको विजुलीको बल्व फेर्न समेत लाइसेन्सवाला इलेक्ट्रिसियन्स गुहार्नु पर्छ । लाइसेन्स नभएकाहरुले विजुलीको सामान्य भन्दा सामान्य काममा समेत हात हाल्ने अधिकार छैन । फिलिपिन्स :– यो  दुनियाको एउटा यस्तो देश हो जहाँ अहिलेसम्म सम्बन्ध विच्छेदको लागि कुनै कानून छैन । विवाह पछि पति पत्नी अलग हुनसक्छन् तर डिभोर्सको कानूनी प्रावधान भने छैन । को आफ्नो वैवाहिक सम्बन्धबाट धेरै पीडित नै किन नहोस कानुन अनुसार डिभोर्स लिनु असम्भव छ । भ्याटिकन सिटीमा पनि सम्बन्ध विच्छेदको कानूनको अभाव छ । त्यसैले दम्पतीहरुबीच कानूनी सम्बन्ध विच्छेद हुँदैन । बेलायत :- यहाँको संसदमा मर्नु गैरकानूनी हुन्छ । संसदभित्र मर्ने मानिसको मृत्युपर्यन्त समेत सबै संसदीय अधिकार रद्ध हुन्छन् । यदि कोही व्यक्ति निकै विरामी छ र तत्कालै मर्ने सम्भावना छ भने उसलाई तुरुन्तै बाहिर निकालिन्छ । संसद राजकीय स्थान भएकाले त्यहाँ मर्ने व्यक्ति राजकीय अन्त्येष्टिको पात्र मात्र हुने ठहर त्यहाँको कानूनको छ । सामोआ :-  जँहा यस्तो अनौठो कानून छ कि श्रीमतीको जन्मदिन भुल्नेलाई जेल  हालिन्छ । त्यहाँ पत्नीको जन्मदिन भुल्नुलाई अपराध ठहर गरिन्छ । तर पहिलो पटक नै यो कानुन लागु हुँदैन ।पुरुषले यदि पहिलोचोटि आफ्नी श्रीमतीको जन्मदिन भुलेको हो भने त्यसलाई चेतावनी दिइन्छ । यदि उसले यस्तो गल्ती फेरि दोहोरायो भने त्यसलाई जरिवाना वा जेल सजाय दिइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending