Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

चुनाव नजिकिँदै गर्दा स्थानीय तह फेरबदलको तयारी, ऐन नै संशोधन गर्दै सरकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आगामी स्थानीय तह निर्वाचनअघि नै पालिकाको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी थालेको छ । त्यसका लागि अहिलेको कानुनी व्यवस्था नै संशोधन गर्न लागिएको हो ।

हालको स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहको सङ्ख्या, सिमाना र वडा विवाद निर्वाचन हुनुभन्दा कम्तीमा एक वर्षअघि टुंग्याइसक्नुपर्छ । तर सरकारले यो समयसीमा घटाएर छ महिना मात्रै बनाउने तयारी गरेको छ ।

यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनको मस्यौदा तयार पारेको छ । मन्त्रालयले केही दिनभित्रै संशोधन प्रस्ताव सार्वजनिक गरेर सरोकारवालासँग राय माग्ने तयारी गरेको जनाएको छ ।

सरकारको यो तयारीसँगै आगामी २०८४ सालको स्थानीय तह निर्वाचनअघि देशका केही पालिकाको स्वरूप फेरिन सक्ने संकेत देखिएको छ ।

अहिले देशभर १०२ वटा स्थानीय तहमा सिमाना विवाद कायम रहेको सरकारी तथ्यांक छ । कतिपय ठाउँमा भौगोलिक बनावट, जनसंख्या र प्रशासनिक पहुँच नमिल्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो बढ्दै आएको छ ।

कतै वडा कार्यालय पुग्नै घण्टौँ हिँड्नुपर्ने अवस्था छ भने कतिपय पालिकाको प्रशासनिक केन्द्र स्थानीय बासिन्दाका लागि असहज दूरीमा छन् ।

सरकारले यही समस्यालाई आधार बनाएर स्थानीय तहको संरचना “वैज्ञानिक र व्यावहारिक” बनाउन आवश्यक रहेको तर्क गरेको छ ।

तर चुनाव नजिकिँदै गर्दा स्थानीय तहको सीमांकन चलाउँदा राजनीतिक विवाद चर्किन सक्ने सम्भावना पनि देखिएको छ । विगतमा प्रदेश र स्थानीय तहको सीमांकनकै विषयमा विभिन्न ठाउँमा आन्दोलन र तनावसमेत भएको थियो ।

अब सरकारले ल्याउन लागेको संशोधनले स्थानीय तह पुनर्संरचनाको बहस फेरि राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने संकेत देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

हुम्लामा बढ्न थाले कैलाश यात्रु, चार दिनमै १ सय ६९ तीर्थयात्री सिमकोट पुगे

काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...

मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...

प्रिमनसुनमै झन्डै तेब्बर वर्षा, मनसुनमा खडेरीको चिन्ता

काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...

‘मदन भण्डारी सम्झँदा नेता मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको पीडा हुन्छ’ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...

भारतले चिनी रोकेपछि नेपालमा त्रास, सरकार भन्छ– ‘८ महिनालाई पुग्ने मौज्दात छ’

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending