काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डले परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो। हाल उत्तरपुस्तिकाको विवरण इन्ट्री गर्ने काम सकिएको र त्रुटि हुन नदिन रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रक टुकराज अधिकारी ले जानकारी दिए।
उनले नतिजा सार्वजनिकको अन्तिम तयारी भइरहेको भन्दै सूचना प्रविधि (आईटी) सम्बन्धी काम पूरा हुनेबित्तिकै बोर्ड बैठक बोलाइने बताए। बैठक बसेपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गरिनेछ।
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डको भनाइ छ। परीक्षा नियन्त्रक अधिकारीका अनुसार शिक्षकहरूको सक्रिय सहभागिता र परीक्षण रणनीतिमा गरिएको परिवर्तनले मूल्यांकन प्रक्रिया छिटो सम्पन्न भएको हो।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यस वर्ष परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए।
त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १३:४८
सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन...
बैशाख २७ गते, २०८३ - १३:४१
काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार...
बैशाख २७ गते, २०८३ - १३:३५
नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुस...
बैशाख २७ गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले परीक्षा सम्पन...
बैशाख २७ गते, २०८३ - १२:५९
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देश...
बैशाख २७ गते, २०८३ - १२:१८
घोराही। दाङको देउखुरीमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदैगरेको लु. २ ख.६०२९ नम्बरको फोर्स गाडी म...
बैशाख २७ गते, २०८३ - १२:१४
जनकपुरधाम। धनुषामा दुई बस एकआपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्...
बैशाख २७ गते, २०८३ - १२:०६
काठमाडौं। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन सरकारले सञ्चालन गरेको ‘सुझाव संकलन पोर्टल’मा शिक्षा, ...
बैशाख २७ गते, २०८३ - ११:३१
काठमाडौं । काठमाडौं उपत्यकामा पटक(पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बनका लागि सिफारिस गरिएको छ। का...
बैशाख २७ गते, २०८३ - ११:१५
काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु...


प्रतिकृया लेख्नुहोस्: