काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि भइरहेको छानबिनमा क्यानले सहयोग नगरेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो। मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्र पठाउँदै क्यानसँग अन्तिम पटक स्पष्टिकरण माग्न र आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनेको थियो। उक्त पत्र २३ वैशाखमा राखेपमा दर्ता भएको जनाइएको छ।
मन्त्रालयका अनुसार अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते उजुरी परेको थियो। ती उजुरीका आधारमा २०८१ पुस २५ गते सचिवस्तरीय निर्णय तथा २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाइएको थियो।
खेलकुद विकास ऐन २०७७ को दफा २८ (च) र (ड) अनुसार मन्त्रालय तथा परिषदले मागेका अभिलेख र कागजात उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहे पनि क्यानले आवश्यक विवरण उपलब्ध नगराएको मन्त्रालयको आरोप छ।
मन्त्रीस्तरीय निर्णयअनुसार क्यानलाई चेतावनीसहित “कारवाही किन नगर्ने ?” र “निलम्बन किन नगर्ने ?” भन्ने विषयमा स्पष्ट जवाफ दिन भनिएको छ।
मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार क्यानमाथि कारवाही तथा निलम्बनसम्मको प्रक्रिया अघि बढ्न सक्ने जनाएको छ। साथै, आयोगले मागेका कागजात र जवाफ उपलब्ध नगराए थप कारवाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १३:५९
पाल्पा। रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्ष बाट नगद सहित एक थान क्य...
बैशाख २७ गते, २०८३ - १३:४८
सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन...
बैशाख २७ गते, २०८३ - १३:४१
काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार...
बैशाख २७ गते, २०८३ - १३:३५
नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुस...
बैशाख २७ गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले परीक्षा सम्पन...
बैशाख २७ गते, २०८३ - १२:५९
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देश...
बैशाख २७ गते, २०८३ - १२:१८
घोराही। दाङको देउखुरीमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदैगरेको लु. २ ख.६०२९ नम्बरको फोर्स गाडी म...
बैशाख २७ गते, २०८३ - १२:१४
जनकपुरधाम। धनुषामा दुई बस एकआपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्...
बैशाख २७ गते, २०८३ - १२:०६
काठमाडौं। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन सरकारले सञ्चालन गरेको ‘सुझाव संकलन पोर्टल’मा शिक्षा, ...
बैशाख २७ गते, २०८३ - ११:३१
काठमाडौं । काठमाडौं उपत्यकामा पटक(पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बनका लागि सिफारिस गरिएको छ। का...


प्रतिकृया लेख्नुहोस्: