Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

उठिबासको पीडामा मौन राजनीति, हर्क सम्पाङको एक्लो प्रतिरोध

खबरडबली संवाददाता

काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झापा, काठमाडौं, सुनसरीदेखि अन्य जिल्लासम्म सुकुम्बासीहरू सडकमा छन् । तर, यति ठूलो सामाजिक संकटबीच अधिकांश ठूला राजनीतिक दलका नेताहरू भने मौन देखिएका छन्।

यही मौनताबीच हर्क सम्पाङ लगातार सुकुम्बासीको पक्षमा बोलिरहेका छन्। श्रम संस्कृति पार्टी का अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत बासको अधिकार संविधानले दिएको भन्दै “घर भत्काउन आउनेविरुद्ध एकजुट हुन” आह्वान गरिरहेका छन्।

हर्कको अभिव्यक्ति केवल राजनीतिक टिप्पणीमा सीमित छैन । उनले सुकुम्बासीलाई संगठित हुन, प्रतिरोध गर्न र आफ्नो अधिकारका लागि उभिन खुला अपिल गरिरहेका छन्।

तर सत्ता पक्ष होस् वा प्रमुख प्रतिपक्ष, धेरैजसो शीर्ष नेताहरूले यो विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। चुनावका बेला ‘भूमिहीनलाई लालपुर्जा’को आश्वासन दिने नेताहरू अहिले डोजर अभियानमाथि चुप लाग्नुले प्रश्न उठेको छ।

स्थानीय तहका केही जनप्रतिनिधिले भने खुलेर विरोध जनाउन थालेका छन्। झापाको दमक र कमल गाउँपालिकाका जनप्रतिनिधिले सुकुम्बासी बस्तीमा डोजर चलाउन नदिने बताएका छन्। तर राष्ट्रिय राजनीतिमा प्रभावशाली दलहरू अझै स्पष्ट रूपमा उभिन सकेका छैनन्।

सरकारले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण हटाउने तर्क अघि सारे पनि सुकुम्बासीहरू भने “वैकल्पिक व्यवस्था बिना उठिबास स्वीकार्य नहुने” अडानमा छन्।

यहीबीच हर्क सम्पाङको सक्रियता र अन्य दलको मौनताले अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म नयाँ बहस जन्माएको छ । सुकुम्बासीको पक्षमा बोल्ने नेता आखिर किन यति कम छन् ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा जमिनमा झरेको विद्युत तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...

हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति

दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...

म्याग्दीमा छ थान भरुवा बन्दुक बरामद

म्याग्दी  । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...

गोरखामा पनि ‘डोजर अभियान’को सुरुवात, सार्वजनिक जग्गामाथि बनेका संरचनामा स्थानीय तहको कडा कदम

गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...

गुराँस गाउँपालिकामा ‘गिलास काण्ड’ : अध्यक्ष र हाकिमबीचको झगडा छताछुल्ल

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...

उठिबासको पीडामा मौन राजनीति, हर्क सम्पाङको एक्लो प्रतिरोध

काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...

सरकारी डोजरविरुद्ध सुकुम्बासी एकजुट, श्रम संस्कृति पार्टी सडकमा

काठमाडौँ । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाउने अभियान तीव्र बन्दै जाँदा विभिन्न स्थानका भूमिहीन र सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक ...

उपराष्ट्रपति नै राष्ट्रिय सभाअध्यक्ष, समानुपातिक र जिसस खारेज गर्नु पर्छः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क र...

इलामकाे रोङ गाउँपालिकामा एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending