काठमाडौं । नेकपा एमाले भित्र पुनर्गठन र रूपान्तरणको माग चर्किँदै गएको छ। पार्टीका युवा नेताहरूले नेतृत्व परिवर्तनलाई केन्द्रमा राख्दै ‘पुनर्जागरण भेला’ मार्फत कडा सन्देश दिएका छन्।
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा आयोजित भेलामा सहभागी नेताहरूले पार्टीको पछिल्लो चुनावी प्रदर्शन र घट्दो जनसमर्थनका लागि वर्तमान नेतृत्वको कार्यशैलीलाई जिम्मेवार ठहर गरेका छन्।
भेलाको मुख्य निष्कर्ष अध्यक्ष केपी शर्मा ओली सहित पहिलो पुस्ताको ‘ग्रेसफुल एक्जिट’ आवश्यक रहेको भन्नेमा केन्द्रित देखियो।
केन्द्रीय सदस्य नरेश रोकाया ले भने, “पार्टीलाई पुनर्जीवित गर्न ढिला गर्न मिल्दैन, नेतृत्वले समयको संकेत बुझ्नुपर्छ।”
के छन् युवाको ‘बटमलाइन’ ?
भेलामा उठेका प्रमुख मागहरू यस्ता छन्—
वर्तमान केन्द्रीय नेतृत्वको तत्काल राजीनामा
केन्द्रीय कमिटी विघटन गरी नयाँ संरचना निर्माण
५–७ सदस्यीय अन्तरिम समिति गठन
१ वर्षभित्र ‘अर्ली महाधिवेशन’ आयोजना
संगठित सदस्यता पुनः भौतिक उपस्थितिमै वितरण
युवा नेताहरूले अन्तरिम नेतृत्वमा रहने व्यक्तिले आगामी महाधिवेशनमा अध्यक्ष पदमा दाबी नगर्ने सुनिश्चितता गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्। भेलामा वर्तमान तथा पूर्व केन्द्रीय सदस्य, अखिल र युवा संघ का नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
लगातार तीन घण्टाभन्दा बढी चलेको छलफलमा समीकरण परिवर्तन र संगठन पुनर्संरचनाको स्पष्ट खाका अघि सारिएको सहभागीहरूले बताएका छन्।
एमालेभित्र बढ्दो यो असन्तुष्टि अब औपचारिक निर्णय प्रक्रियामा कसरी प्रवेश गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २०:३५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन पुनर्गठन लक्षित ६ बुँदे तत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ, जसले पार्टी संरचनामा व्यापक परिवर्...
बैशाख १९ गते, २०८३ - २०:२१
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दा...
बैशाख १९ गते, २०८३ - २०:१५
कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न...
बैशाख १९ गते, २०८३ - २०:१२
काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी वैशाख २१ गते दिउँस...
बैशाख १९ गते, २०८३ - २०:०६
काठमाडौं । नेकपा एमाले भित्र पुनर्गठन र रूपान्तरणको माग चर्किँदै गएको छ। पार्टीका युवा नेताहरूले नेतृत्व परिवर्तनलाई केन्द्रमा राख्दै ‘पुनर्जागरण भेला...
बैशाख १८ गते, २०८३ - २०:०६
काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...
बैशाख १८ गते, २०८३ - १९:५८
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...
बैशाख १८ गते, २०८३ - १९:५३
पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...
बैशाख १८ गते, २०८३ - १९:४८
काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...
बैशाख १८ गते, २०८३ - १९:४३
राेल्पा । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...


प्रतिकृया लेख्नुहोस्: