Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भारतको नाकाबन्दी खुलाउने सरकारको प्रयासमा प्रगति शून्य

काठमाडौं । भारतको नाकाबन्दीले इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामाग्रीहरुको हाहाकार छ । तर, सरकारले नाकाबन्दी खुलाउन प्रभावकारी कदम चाल्न सकेको छैन । सरकारका मन्त्रीदेखि कुटनीतिज्ञहरुसँग नत विकल्प छ न त भारतसँग राख्ने स्पष्ट अडान, ता कि यो समस्या समाधान होस् ।

\"Sushil-Koirala\"नाकाबन्दीको दुई हप्ता भैसक्दा पनि नाकाबन्दी खुलाउने नेपाल सरकारको प्रयासमा कुनै पनि प्रगति देखिएको छैन । प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी नरेन्द्र मोदीलाई गर्ने भनिएको हटलाईन सम्पर्कसमेत हुन सकेको छैन ।

नयाँदिल्लीमा रहेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि प्रभावकारी पहल गर्न सकेका छन् । उनलाई भारतीय अधिकारीहरुले वास्तै गर्न छाडेका छन् । मंगलबार राजदूत उपाध्यायले अघिल्ला दिनको तुलनामा अलि खुलेर कुरा गरे र भारतले वास्ता नगरेको बताए ।

दूतावासस्थित आफ्नै कार्यकक्षमा नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले कुराकानी गर्ने प्रयास गरिरहेका छौं, तर भारत सरकारले खासै रेस्पोन्स गरिरहेको छैन । उनीहरु राम्रो हुँदैछ भन्छन्, तर राम्रो भएको भए त व्यवहारमा देखिनुपर्ने हो, नाकाहरु सहजरुपमा खुल्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन ।’

राजदूत उपाध्यायले दशैं, तिहार र छठ पर्वसम्ममा इन्धनको आपूर्ति सहज हुने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किएलगत्तै नाकाबन्दी खुल्ने र नेपालीहरुले राहत पाउने बताइए पनि कुनै प्रगति भएको छैन । मोदी महासभाबाट फर्किएर विहारमा हुन लागेको निर्वाचनको तयारीमा व्यस्त भएका छन् ।

नेपालमा नयाँ संविधान जारी भएदेखि नै भारतले नाकाबन्दीमा कडाइ गर्दै लगेको छ । मंगलबार भारतीय अधिकारीहरुले डिजेल, पेट्रोल, खाना पकाउने ग्यास नेपाल पठाएकै छैनन् ।

मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै भारतले उनीहरुका माग सम्वोधन गर्न नयाँ संविधान संशोधन गर्न नेपाललाई दबाव दिँदै आएको छ । यतिबेला एकप्रकारले नेपालको कुटनीति पूर्णतया असफल भएको छ । भारतको हेपाइबाट नझुक्न र चीनसँग जोडिएका नाका छिटो खोल्न आम नेपाली जनताले सरकारलाई दबाव दिइरहे पनि भारतको दादागिरी सामू प्रधानमन्त्रीदेखि सरकारका सबै प्रतिनिधि निरीह देखिएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending