काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोल को निधन भएको छ। ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो। उनको आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ।
डा. गंगोलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको मानिएको छ। आफ्नो दीर्घ चिकित्सकीय जीवनमा उनले न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक गरेका थिए।
उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का संस्थापक निर्देशकसमेत थिए। करिब चार दशकसम्म वीर अस्पताल मा सेवा दिएका उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए।
वि.सं. १९८९ चैतमा काठमाडौंमा जन्मिएका गंगोलले त्रिचन्द्र कलेज बाट बीएस्सी पूरा गरेका थिए। त्यसपछि भारतको दरभंगा मेडिकल कलेज मा एमबीबीएस अध्ययन गरेका उनले ग्रान्ट मेडिकल कलेज बाट एमएस गरेका थिए।
सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा सेवा सुरु गरेका थिए। सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थालेका गंगोलले उपकरण अभावका बावजुद जोखिम मोलेर नयाँ विधिहरूको सुरुवात गरेका थिए।
नेपाल चिकित्सक संघ ले श्रद्धाञ्जली व्यक्त गर्दै डा। गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १५:१८
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, ...
बैशाख ८ गते, २०८३ - १५:०४
सल्यान। जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट ए...
बैशाख ८ गते, २०८३ - १४:३९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्दै छन्। प्रधानमन्त्रीको नि...
बैशाख ८ गते, २०८३ - १४:२३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेक...
बैशाख ८ गते, २०८३ - १४:०५
काठमाडौं । यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित याताया...
बैशाख ८ गते, २०८३ - १३:५४
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...
बैशाख ८ गते, २०८३ - १३:४७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सू...
बैशाख ८ गते, २०८३ - १३:३६
काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्च...
बैशाख ८ गते, २०८३ - १३:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी कार्यदिशा, राष्ट्रिय प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा अर्थ मन्त्रालयसहित राज्यका प्रमुख नीत...
बैशाख ८ गते, २०८३ - १३:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी कार्यदिशा, राष्ट्रिय प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा अर्थ मन्त्रालयसहित राज्यका प्रमुख नीत...


प्रतिकृया लेख्नुहोस्: