Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

धनकुटामा भ्यू टावरदेखि पार्कसम्म, पर्यटकको खडेरी

खबरडबली संवाददाता

धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हुन सकेको छैन । प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र सम्भावित गन्तव्य हुँदाहुँदै पनि पर्याप्त पर्यटक भित्रन नसक्दा निर्माण गरिएका संरचना प्रयोगविहीन बन्दै गएका छन् ।

धनकुटा नगरपालिका–१ स्थित ओक्मालुङ्ग क्षेत्रमा रहेको गुफा र नजिकैको छाँगो (झरना) लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारको सहयोगमा करिब एक करोड रुपैयाँ खर्च गरिएको थियो । गुफासम्म पुग्न झोलुङ्गे पुल र सिँढी निर्माण गरिएको छ भने गुफाभित्र सहज आवागमनका लागि बत्ती जडान गरिएको छ । छाँगो क्षेत्रमा पौडी खेल्न पोखरी, चौतारी र शौचालयसमेत निर्माण गरिएको छ ।

तर यति पूर्वाधार तयार भए पनि पर्यटकको उपस्थिति न्यून छ । नयाँ वर्षको अवसरमा तीन दिने मेला आयोजना गरिए पनि अपेक्षित चहलपहल हुन सकेन ।

यसैगरी धनकुटा नगरपालिका–१ को हिले सिरानमा भ्यू टावर, वडा नं. ७ र ८ मा चुलिवन पार्क, वडा नं. २ मा मधुगंगाधामलगायत क्षेत्रमा पूर्वाधार विस्तार गरिएको छ । तर ती स्थानहरू पनि सुनसानजस्तै छन् ।

नगर प्रमुख चिन्तन तामाङका अनुसार प्रचारप्रसारको कमी र पर्यटकमैत्री व्यवहार अभावले समस्या सिर्जना भएको हो । कोशी प्रदेशस्तरीय पर्यटन कार्यक्रमसँग समन्वय गरेर धनकुटालाई प्राथमिकतामा राख्न सके पर्यटक आगमन बढ्न सक्ने उनको विश्वास छ । विशेषगरी आन्तरिक तथा भारतको बिहार क्षेत्रबाट पर्यटक आकर्षित गर्न योजनाबद्ध प्रयास आवश्यक रहेको उनले बताए ।

समस्या केवल धनकुटा नगरपालिकामा मात्र सीमित छैन । पाख्रिबास नगरपालिका–८ मा ३ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको जलदेवी सिमसार, एक करोडभन्दा बढी लागतमा सुन्तले डाँडा र राम्चे डाँडामा बनाइएका संरचनाहरू पनि प्रयोगविहीन छन् ।

छथर जोरपाटी गाउँपालिकामा लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका ध्वजे डाँडा र पटेक डाँडासम्म पुग्ने संरचनाहरूको अवस्था उस्तै छ । महालक्ष्मी नगरपालिकामा २ करोड ८० लाखको लागतमा निर्माण गरिएको वनझाँक्री पार्कसमेत सुनसान अवस्थामा छ ।

अर्थशास्त्रका उपप्राध्यापक भेषराज खत्रीका अनुसार स्थानीय आवश्यकता भन्दा पहुँच र राजनीतिक प्रभावका आधारमा पूर्वाधार निर्माण गर्दा अपनत्वको अभाव हुन्छ । “स्थानीयले आफ्नो ठानेनन् भने संरक्षण हुँदैन, परिणामस्वरूप संरचना प्रयोगविहीन बन्छ,” उनले भने ।

उनका अनुसार अघिल्लो कार्यकालमा बनेका संरचनालाई पछिल्ला जनप्रतिनिधिले निरन्तरता नदिनु र पर्याप्त प्रचारप्रसार नहुनु पनि समस्याको कारण हो । स्थानीय आवश्यकता नहेरी निर्माण गरिएका संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् ।

कृषि तथा पर्यटन अभियन्ता जीवनकुमार राईका अनुसार पूर्वाधार निर्माणपछि प्रभावकारी प्रचारप्रसार नगर्दा पर्यटकको ध्यान पुग्न सकेको छैन । विदेशमा रहेका धनकुटेली समुदायलाई परिचालन गरेर बाह्य पर्यटक भित्र्याउन पहल गर्नुपर्ने उनको सुझाव छ । साथै, चर्चित व्यक्तित्वमार्फत प्रचार अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

विशेषज्ञहरूका अनुसार पर्यटन विकास केवल संरचना निर्माणमा सीमित हुन सक्दैन । दीर्घकालीन योजना, प्रभावकारी प्रचारप्रसार, स्थानीय सहभागिता र सेवा गुणस्तर सुधारबिना लगानीले प्रतिफल दिन सक्दैन । पहुँचको भरमा पूर्वाधार निर्माण गर्नु भन्दा प्राथमिकता निर्धारण गरेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुबराज रायाले सडक स्तरोन्नति नहुँदा पर्यटक आगमनमा समस्या भएको बताए । सिधुवा–जितपुर र लेगुवा–जितपुर सडक कालोपत्रेको प्रक्रियामा रहेको उनले जानकारी दिए । निजी लगानीकर्तालाई आवासीय पूर्वाधारमा आकर्षित गर्ने योजना पनि नगरपालिकाले अघि बढाएको छ ।

पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको पहिचान र प्रचार आवश्यक रहेको बताए । होमस्टे तथा ग्रामीण पर्यटन विकासमार्फत स्थानीय आयआर्जन बढाउने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य रहेको उनले बताए ।

छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले सांस्कृतिक तथा प्रचारात्मक कार्यक्रममार्फत पर्यटक आकर्षित गर्ने योजना रहेको बताए । निजी क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रूपमा अघि बढ्न सके छथर जोरपाटीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।

हालको अवस्था हेर्दा धनकुटामा निर्माण गरिएका अधिकांश पर्यटकीय पूर्वाधारहरू पर्यटकको पाइलासमेत नपुगी जीर्ण बन्दै गएका छन् । अब संरचना निर्माणभन्दा बढी प्राथमिकता प्रचारप्रसार, पहुँच सुधार र सेवा व्यवस्थापनमा दिनुपर्ने आवश्यकता देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending