काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्मका विविध एजेन्डामा छलफल भइरहेको छ।
बैठकमा विशेषगरी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदनबारे छलफल भइरहेको छ।
यस्तै, अभिव्यक्ति स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिका विषयमा समेत बैठकमा गम्भीर छलफल भइरहेको जनाइएको छ। विधिको शासन र राज्य सञ्चालनसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे पनि बैठकले समीक्षा गरिरहेको छ।
सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन सम्बन्धी विषयलाई पनि एजेन्डामा समेटिएको छ भने पार्टीभित्र नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गर्ने विषयमा पनि छलफल भइरहेको छ।
त्यसैगरी, निर्वाचन ब्युरो गठन तथा सञ्चालन कार्यविधि, सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि निर्धारण, र अन्य राजनीतिक दलसँग संवाद गर्ने समिति गठन गर्ने विषयहरू पनि बैठकका प्रमुख एजेन्डा रहेका छन्।
पार्टीभित्रको मर्यादाक्रम निर्धारण गर्न समिति गठन गर्ने र सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरू मनोनयन गर्ने विषयमा पनि छलफल जारी रहेको छ।
बैठकले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक व्यवस्थापन सुधार र समसामयिक राजनीतिक चुनौतीहरूको सामना गर्ने रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १६:५४
काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...
बैशाख २ गते, २०८३ - १६:२५
बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् । रा...
बैशाख २ गते, २०८३ - १६:१६
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका ला...
बैशाख २ गते, २०८३ - १५:५७
काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका तथा इरानबीचको तनावका कारण स्थगित गरिएको पुन: श्रम स्वीकृति पुन...
बैशाख २ गते, २०८३ - १५:४९
स्याङ्जा। स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ । नयाँ वर्ष २०८३ मनाउन वालिङ नग...
बैशाख २ गते, २०८३ - १५:३९
काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका नेता दीपक खड्का लाई हाल थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्...
बैशाख २ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्मका वि...
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...


प्रतिकृया लेख्नुहोस्: