Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

इथियोपियामा भोकमरीले एक हजार ३ सयको मृत्यु

खबरडबली संवाददाता

काठमाडाैँ । इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा विस्थापन शिविरमा भोकमरीका कारण एक हजार ३ सय भन्दा बढीको मृत्यु भएको एक स्थानीय अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन्।

अफ्रिकी सङ्घको अनुमानित तथ्याङ्क अनुसार सन् २०२० देखि सन् २०२२ मा सङ्घीय सरकार र उत्तरी टिग्रे क्षेत्रका सेनाबीच भएको गृहयुद्धमा कम्तीमा ६ लाख मानिसको मृत्यु भएको थियो।

युद्धका कारण करिब एक लाख मानिस शिविरमा विस्थापित भएका छन् । टिग्रेको सामाजिक मामिला कार्यालयका निर्देशक गेब्रेसेलासी तारेकेले एएफपीसँग भन्नुभयो, “विगत तीन वर्षमा टिग्रे वरपरका शिविरहरूमा आन्तरिक रूपमा विस्थापित धेरै व्यक्तिहरूको भोकमरी र औषधिको अभावका कारण मृत्यु भएको छ।

यो सङ्ख्या एक हजार ३०९ रहेको उनले बताए। “स्थिति खराब हुँदै गइरहेको छ, हामीले सङ्घीय सरकारबाट पर्याप्त सहयोग पाइरहेका छैनौँ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले उनीहरूको सहयोग कम गरिरहेका छन्,” गेब्रेसेलासीले भने ।

राजनीतिक तनाव बढेपछि अदिस अबाबाले केही महिनाअघि टिग्रेलाई दिँदै आएको आर्थिक सहयोग बन्द गरेको थियो । “धेरै मानिसहरू जोखिममा छन्”, गेब्रेसेलासीले भने, “सबैभन्दा बढी प्रभावित शिविरहरूमध्ये एकमा एक लाख ५० मानिसहरू छन्।”

गत नोभेम्बर र जनवरीमा इथियोपियाली सेना र टिग्रेकोसेनाबीच पुनः भिडन्त भएको थियो । सङ्घीय अधिकारीहरूले टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) ले इरिट्रियासँग सम्बन्ध निर्माण गरिरहेको आरोप लगाएका छन् ।

इरिट्रियाले भूपरिवेष्ठित इथियोपियाले आफ्नो बन्दरगाह शहर अस्साब कब्जा गर्ने योजना बनाएको आरोप लगाएको छ। सीमामा हप्तौँदेखि सैनिकहरू जम्मा भएका छन्। गत महिना संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले दुई राष्ट्रहरूलाई ‘थप धेरै ढिलो नगरिकन’ तत्काल तनाव कम गर्न आग्रह गरेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending