Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

तीन महिनापछि पोखरा–जोमसोम उडान सुरु

खबरडबली संवाददाता

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यून हुने भएकाले तीन महिनाका लागि स्थगित गरिएकोमा अनुकूल मौसमसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि उडान भर्न सुरु गरिएको हो ।

शनिबार समिट एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँबाट दुई र पोखराबाट एक उडान गरेको जोमसोम विमानस्थल प्रमुख दीपक पोख्रेलले बताए। शनिबार काठमाडौँबाट २९ जना पर्यटक भित्रिएकोमा २८ जना विदेशी र एक जना नेपाली रहेका छन् । त्यसै गरी पोखराबाट १५ जना पर्यटकमा छ जना भारतीय रहेको समिट एयरलाइन्सका जोमसोम प्रमुख सुमन थकालीले बताए। पर्यटकको मौसम सुरु भएकाले पोखरा र जोमसोमबाट हवाईमार्गबाट जाने पर्यटकको चाप भए पनि प्रतिकूल मौसममा बाहेक नियमित उडान हुने गरेको थकालीको भनाइ छ । हवाईमार्ग अवरुद्ध हुँदा पर्यटक तथा यात्रु बेनी–जोमसोम सडक हुदै मुस्ताङ जाने गरेका छन् । मुस्ताङमा निजी वायुसेवा कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एयरलाइन्सले उडान भर्दै आइरहेको छ । 

मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले सडक र हवाईमार्गबाट भित्रिने पर्यटकले पर्यटन व्यवसायीसमेत उत्साहित हुने बताए। मुस्ताङमा मनसुन र जाडो समयमा हवाई उडान प्रभावित हुने गरेको छ । अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकूल जस्ता कारणले पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म दुवै एयरलाइन्सले बढीमा पाँचरपाँच वटा मात्रै उडान भर्दै आएका छन् । 

मुस्ताङका धार्मिक स्थल मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने पर्यटक बोकेको हेलिकोप्टरमा अनिवार्य रूपमा एक सुरक्षा निकायका प्रतिनिधि हुने व्यवस्था छ । निजी कम्पनीबाहेक नेपाली सेनाले आफ्ना सामान ढुवानीसहित चार्टर उडानसमेत गर्ने गरेको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक सहज भएपछि हवाईयात्रुको चाप भने घटेको छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्वतबाट १६ सय ८४ विद्यार्थी सहभागी हुँदै यस वर्षको एसइईमा

पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...

बजारमा सुन बढ्यो, चाँदी घट्यो

काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ ...

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा, संघर्षको राजनीति जारी राख्ने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी का अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले राजनीतिक संघर्ष भने निरन्तर जारी र...

बागलुङबाट तीन महिला समानुपातिक सांसद

गलकोट। प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ...

बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात

बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर,...

बिहे भोजमा रसबरी घाँटीमा अड्किँदा युवकको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको ...

तीन महिनापछि पोखरा–जोमसोम उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यू...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

काठमाडौं । ड्रोन आक्रमणपछि आगलागी भएको कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्ष...

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: