Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

प्रतिपक्षका कारण रोकिएको होइन पुर्ननिर्माण प्राधिकरण

\"girirajmaniअसोज १७ गते  सेतो पार्टीमा प्रकाशित ‘टाढावाट कर्णप्रिय लाग्ने सहमतिय सरकारको धुन’ शिर्षकको अमित ढकालको  लेखमा  राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवारे एउटा प्रसंग राखिएको छ  र त्यो आउन नसक्नुमा प्रतिपक्षिको विरोधले भन्ने उहाँको तर्क प्रति हाम्रो ध्यानाकर्षित भएको छ । जनता समक्ष सत्य तथ्य के हो भन्ने विषयमा जानकारी गराउन र हाम्रो धारणा स्पस्ट पार्न  आवश्यक भएकाले यो सानो लेख लेखेको छु । २०७२ वैसाख १२ गते विनाशकारी भुकम्पले श्रृजना गरेका वहुआयामिक प्राकृतिक संकटलाई संवोधन गर्न भुकम्पवाट प्रभावित संरचनाको पुर्ननिर्माणको व्यवस्था गर्न सरकारले परिकल्पना गरेको ऐनको विधयेक अहिले व्यवस्थापिका संसदको विधायन समितिमा पुगेको छ । प्राधिकरण यहि विधयेकले परिकल्पना गरेको ‘राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण’ हो । सवभन्दा पहिले यो प्रष्ट पार्न चाहन्छु  वैसाख २५–३० सम्म वसेको व्यवस्थापिका संसदको विशेष अधिवेशनमा हाम्रो पार्टीका वरिष्ट नेता क. वावुराम भट्टराईले त्यो अवधारणा ल्याउनु भएको थियो । हामी प्राधिकरण गठनमा कहिले पनि विरोधमा थिएनौ । विपद् हेर्ने छुट्टै मन्त्रालय भन्दा प्रमको नेतृत्वमा स्वायत्तता सहितको प्राधिकरणमा हामीले जोड दियौं । थप हाम्रो भनाई के रह्रयो भने भुकम्पले पैदा गरेका चुनौतिलाई सामना गर्न दलहरु, जनप्रतिनिधि संस्था, सरकार पक्ष र विपक्षमा विभाजित वन्नु हुँदैन र यसमा एकस्तरको एकताको जरुरी छ।  यो मान्यता विपरित व्यवस्थापिका संसदलाई छलेर सरकारले अध्यादेशवाट विधयेक ल्याएपछि हामीले दुई कुरामा विरोध ग¥यौ । एक, यो विधिका दृष्टीले लोकतान्त्रिक भएन, यस्तो विधि अपनाउनु नै पर्ने भए कम्तिमा राजनैतिक दलवीच सहमति हुनुपर्छ र दुई, अन्र्तवस्तुको कोणवाट हेर्दा विज्ञहरुको भन्दा कर्मचारी र मन्त्रीहरुको वोलवाला भएको, स्वायत्तता नभएको, व्यवस्थापिका संसद प्रति उत्तरदायि नभएका, कमजोर र निरिह खालको संरचना भएकाले यसले पुर्ननिर्माण र नव निर्माणको अभियानलाई नेतृत्व गर्न सक्दैन । हामी असहमत रहँदारहँदै पनि सदनमा अध्यादेश पास भयो । सरकारले अध्यादेश पारित गर्दा प्रतिस्थापन विधयेकमा कतिपय कुराहरु मिलाउने प्रतिवद्धता व्यक्त गरेको थियो । स्मरणीय छ अध्यादेश सम्वन्धी छलफलमा सरकार पक्षका सांसदहरुले पनि हामीसँग मिल्दा जुल्दा तर्कहरु गरेका थिए । घटनाक्रमलाई नियालेर हेर्दा सरकारले दाता सम्मेलनको आयोजना गरेको र युरोपेली युनियनको वहिष्कारको वावजुद राष्ट्रिय योजना आयोगले भुकम्पोत्तर पुनरुत्थान, पुनस्र्थापना तथा नवनिर्माण सम्वन्धी योजना (PDNA) तयार गरिसकेको पृष्ठभुमिमा अध्यादेशलाई प्रस्तुत गरेर विकासका बाह्य सहयात्रीको विश्वास लिन यस्तो गयो भनेर चित्त वुझाउने ठाँउ थियो । तर सरकारले अध्यादेशकै आधारमा पनि समयमा प्राधिकरण गठन गर्न सकेन । अध्यादेशलाई ६० दिन भित्र प्रतिस्थापन गरिसक्नु पर्दछ । तर प्रतिस्थापन विधयेकमा केही पनि परिर्वतन गरिएको थिएन । धेरै ढिलो गरी प्राधिकरणको सिओ सहित केही व्यक्ति छनौट भए । त्यसले आफ्नो कार्यविधि र नियामवली तयार गर्दै थियो । सरकारले विधयेकलाई सदनमा दर्ता गरेर पनि ६० दिन सकिएको सुईको नै पाएन । अन्र्तराष्ट्रिय समुदायमा बेइज्जत हुनेगरी देशकै हुर्मत लिने काम सरकारले ग¥यो । आफ्नो अर्कमण्यता र नालायकीपन छोप्न दोष प्रतिपक्षतिर लगाईएको छ । यो भन्दा अनैतिक कुरा कुनै हुन्छ त ? हाम्रो विरोधको वावजुद सरकारले प्रतिस्थापन विधयेक वहुमतले पास गर्न सक्थो  । समायवधि सकिएपछि पनि सरकारले प्रतिस्थापन विधयेकलाई जस्ताको तस्तै सदनको एजेण्डा वनाउन खोजेपछि प्रतिपक्षले विधिका दृष्टीले त्यो रोकेकै हो । त्यसवारे सरकारले प्रतिपक्षसँग वार्ता ग¥र्यो । कानुन मन्त्रीको कार्यकक्षमा भएको  दुई पक्षीय छलफल पश्चात नयाँ अन्र्तवस्तुसहित नयाँ विधयेक ल्याउने सहमति भयो  । सवैलाई थाहा छ सामान्यत कुनै पनि विधयेकलाई समितिमा लगेर छलफल गरिन्छ । तर प्रतिपक्षले फास्ट ट्रयाकवाट ल्याउने र सदनवाटै पास गर्ने सहमति पनि गरेको थियो  । पद्धतिको आँखावाट हेर्दा सरकारले रुपमा नयाँ विधयेक प्रस्तुत गरेर प्रतिपक्षको अडानको सम्मान गरेको देखियो तर अन्र्तवस्तुको दृष्टिले पहिलेको संरचनामा तात्विक अन्तर देखिएन । संविधान निर्माणको निर्णायक चरणमा पनि उक्त विधयेकलाई कार्यसुचिमा राखेर सभामुखले पनि उच्च प्राथमिकता दिनु भएको थियो  । विडम्वना  नै भनौं सैद्धान्तिक छलफलमै सत्तापक्षको गणपुरक संख्या नै उपस्थिति नै नभएकाले निर्णयार्थ प्रस्तुत हुन सकेन ।  जनताप्रति अनुउत्तरदायी हुनुको पराकाष्टा नै थियो । यो सवैको वावजुद नेपाली कांग्रेसका मुख्य सचेतकको आग्रहमा व्यावस्थापिका संसदको पुर्ण वैठकमा नै पारित गर्नेगरी मैले २६ बुँदामा संशोधन दर्ता गरेको थिए । सदनमा मन्त्रीले समितिमा लैजाने जवाफ पछि विधयेक विधायन समितिमा गएर अड्किएको छ ।  यो स्थितिमा प्रतिपक्षको विरोधको कारणले प्राधिकरण गठन हुन सकेन भन्ने विचार गलत  छ र यथार्थसँग मेल खाँदैन । यो सत्य हो प्राधिकरण गठन ढिला भएको छ र भुकम्प प्रभावित र पिडित जनतालाई विधि र प्रक्रियामा भएका विवादमा कुनै रुची छैन । शुसासन समितिमा जानु पर्ने विधयेक किन विधायन समितिमा गयो ? प्रधानमन्त्रीले ल्याउनु पर्ने विधयेक किन कानुन मन्त्रालयको दायरामा गयो भन्ने विषय पनि उनीहरुको चासोको विषय होईन । तर व्यवहारमा जाँदा प्राधिकरणको संरचना, क्षेत्राधिकार, खर्च गर्ने विधि र पद्धति,वैठक र निर्णय गर्ने शैली, पुर्ननिर्माणको योजना जनताको जीवनसँग प्रत्यक्ष रुपमा गासिन पुग्छन् र अन्र्तवस्तुमा हामीले उठाएको विषयको महत्व भोलिका दिनमा प्रष्ट हुने छ । अध्यादेश भन्दा पछिल्लो विधयेक अलिकति सुधारिएको छ । तथापि अहिले पनि त्यसमा नवनिर्माणको दृष्टिविन्दु छैन । वस्तीहरुको स्थानान्तरण  र नयाँ वस्तीहरुको निर्माण पुर्ननिर्माण होईन नवनिर्माण नै हो । मन्त्री र कर्मचारीको वरीपरी यस्तो पुर्ननिर्माण हुने भए प्राधिकरण किन गठन गर्नु पथ्र्यो ? गृह मन्त्रालय अन्र्तगतको दैवी प्रकोप उद्धार समिति छदैँछ । यो विपद्ले खोजको यस्तो विज्ञहरुको नेतृत्व हो ,जसले अभियानात्मक रुपमा काम गरोस्  । ‘प्राधिकरणको निर्देशन समिति ’र ‘कार्यकारी समिति’मा नत भुगर्भ विज्ञानका विज्ञहरुलाई स्थान दिइएको छ नत परिस्थति विज्ञानका विज्ञहरुलााई नै  । यत्रो महाअभियानको लागि शहरी योजना शास्त्र र ग्रामीण समाजशास््त्रका ज्ञाताहरु चाहिन्छ, त्यसको पनि व्यवस्था छैन । यो प्राधिकरणलाई छिटो छरितो ढंगले युद्धस्तरमा काम गर्ने अधिकार दिनु पर्दछ । तर त्यसको अर्थ सरकार, संवैधानिक निकाय र कानुन भन्दा माथि राख्ने भनिएको होइन । यसको क्रियाकलाप पारदर्शी हुनु पर्छ ।  यो संसद  र स्थानिय समुदायप्रति उतरदायी हुनु पर्छ । तर विधयेकमा यस्तो व्यवस्था छैन । नत अनुगमनको कुनै संयन्त्र नै छ । यसलाई अनावश्यकरुपमा निरंकुश वनाउन खोजिएको छ । यसले पुर्ननिर्माणको नाममा वातावरणलाई विनाश गर्ने वैधानिक आधार प्राप्त गरेको छ । मन्त्रीहरुको व्यवस्थाले अनावस्यक राजनैतिक र पार्टीगत स्वार्थ प्रवेश पाउने देखिन्छ । प्राधिरकण भागवण्डा गरेर खाने र भ्रष्टा«चार गर्ने थलो नवनोस, यो विदेशीहरुको इसारमा चल्ने र हाम्रो देशका जिल्लालाई नवऔपनिवेसिक मोडेलमा लैजाने कार्य नहोस् । हाम्रो स्रोत साधन र मुख्य त हाम्रै जनशक्तिमा आधारित हाम्रा जनताका संस्कृति, कला  र  पहिचान सहितको पुर्ननिर्माण अभियान चलोस्  भनेर नै जोड दिन खोजिएको हो । इतिहासमा यस्तो नयाँ नेपाल निर्माणको अवसर सधै आउदैन, नमुना र उदाहरणीय ढंगले काम गरौं । भुकम्पवाट आहत भएका जनतालाई राहत दिन र नव निर्माणको मिसन तत्काल पुरा गर्न शंसोधनहरु माथिको छलफललाई तिव्र पारेर नयाँ संविधान पछि प्रारम्भ भएको व्यवस्थापिका संसदको पहिलो अधिवेशनमा यथासक्य चाडै पारित गर्ने गरी काममा जुटौं, प्रतिपक्षको हैसियतले हामी मिलेर काम गर्न तत्पर छौ । (लेखक एकीकृत ने.क.पा. (माओवादी )का प्रमुख सचेतक हुनुहुन्छ )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies