Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

विष्णुमती किनारका घर भत्काउन पुगेको डोजर लालपुर्जा देखाएपछि रोकियो

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ।

शनिबार नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत डोजर पुगे पनि स्थानीयले आफ्नो स्वामित्वको प्रमाणस्वरूप लालपुर्जा देखाएपछि काम अघि बढ्न सकेन।

विष्णुमती किनारमा रहेका ६ वटा घरका धनीहरूले आफ्ना घरको भित्तामा जग्गाको लालपुर्जा टाँसेर विरोध जनाएका छन्। ती घरहरू खोलाको किनारै छुने गरी निर्माण गरिएका छन्। घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएका छन्।

घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लालपुर्जा देखिएपछि कानुनी जटिलता उत्पन्न हुन सक्ने भन्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रहरी र सम्बन्धित निकायका अधिकारीहरू छलफलमा जुटेका छन्।
जग्गाको लालपुर्जा र खोलाको मापदण्डका विषयमा सरकारी अभिलेखसँग भिडान गरेर मात्रै थप कदम चालिने बुझिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्बासी समस्या समाधानमा लोकतान्त्रिक शैली अपनाउन कांग्रेसको आग्रह

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता  भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...

सल्यानमा भवनको जग खन्ने क्रममा ८६ वटा बम फेला

सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...

रोल्पा जिप दुर्घटना: छानबिन समितिको अवधि सकियो, प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...

नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...

ट्रम्पका विशेष दूत गोर र सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर ले रवि लामिछाने सँग भेटवार्ता गरेका छन्। शनिबार भएको भ...

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक, महाधिवेशनको मिति तय

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दाह...

विष्णुमती किनारका घर भत्काउन पुगेको डोजर लालपुर्जा देखाएपछि रोकियो

काठमाडौँ । काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ। शनिबार नदी ...

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार बैठक मध्यान्ह...

व्यास नगरपालिकामा हप्ताको छ दिन नै विद्यालय सञ्चालन हुने

तनहुँ। तनहुँको व्यास नगरपालिकाले सङ्घीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि आफ्नो क्षेत्रभित्रका विद्यालय आइतबार पनि सञ्चालन गर्न आग्रह ग...

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका-जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending