Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

मध्यपूर्व युद्ध: तनाव र आक्रमण बढ्दै

खबरडबली संवाददाता

पेरिस। मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाही तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका विभिन्न देशमा भएका पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको छ भने ऊर्जा आपूर्ति, समुद्री मार्ग र सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव परेको छ ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानी राजधानी तेहरानमा इन्धन वितरण अस्थायीरूपमा रोकिएको एक अधिकारीले बताएका छन् । तेहरान र आसपासका पाँच स्थानमा रहेका इन्धन भण्डारण तथा वितरण केन्द्रमा आक्रमण भएपछि ठुला आगलागी भएका थिए । बिहानैदेखि सहरका विभिन्न भागमा बाक्लो कालो धुवाँ देखिएको एएफपीका पत्रकारले बताएका छन् ।

यसैबिच इरानको सर्वोच्च नेतृत्व परिवर्तन प्रक्रियाले पनि गति लिएको छ । देशको अर्को सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपट्र्स’ भित्र सम्भावित उम्मेदवारबारे सहमति बनेको जनाइएको छ, तर नयाँ नेताको नाम भने अझै सार्वजनिक गरिएको छैन । इरानी अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तराधिकारी चयनमा प्रभाव पार्ने दाबी अस्वीकार गरेका छन् । उता इजरायली सेनाले भने ‘कुनै पनि उत्तराधिकारी वा त्यस्तो नियुक्ति गर्न खोज्ने व्यक्ति’ लाई लक्ष्य बनाइने चेतावनी दिएको छ ।

लेबनानमा पनि द्वन्द्व फैलिएको छ । बेरुतस्थित एक होटलमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले उक्त आक्रमण इरानको रिभोलुसनरी गाड्र्सको कुद्स फोर्ससँग सम्बन्धित कमान्डरलाई लक्षित गरी गरिएको ‘सटीक कारबाही’ भएको दाबी गरेको छ । दक्षिणी लेबनानमा पनि इजरायलले इरान समर्थित हिजबुल्लाहसँग लडाइँ जारी राखेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार २० भन्दा बढी सहर र गाउँमा भएको हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको छ । इरानभित्र पनि विभिन्न स्थानमा विस्फोटका घटना भएका छन् । आइतबार मध्य इरानको याजद प्रान्तमा विस्फोट भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । इरना समाचार एजेन्सीका अनुसार याजद सहरको बाहिरी क्षेत्रमा विस्फोट भएको हो, तर यसको कारण तत्काल स्पष्ट हुन सकेको छैन । यसअघि तेहरान र इस्फहानसहित देशका अन्य भागमा पनि विस्फोटका खबर आएका थिए ।

समुद्री क्षेत्रमा पनि तनाव देखिएको छ । संयुक्त अरब इमिरेट्सको झण्डा बोकेको एक टगबोट शुक्रबार होर्मुज जलडमरुमा विस्फोट भएपछि डुबेको थियो । इन्डोनेसियाको विदेश मन्त्रालयका अनुसार जहाजमा रहेका सात चालक दलमध्ये तीन जना इन्डोनेसियाली सदस्य अझै बेपत्ता छन् । एक जना चालक दलका सदस्य ओमानमा उपचाररत छन् भने अन्यको खोजी कार्य जारी रहेको बताइएको छ ।

होर्मुज जलडमरु विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठुलो परिमाणमा तेल तथा ग्यास पारवहन हुन्छ । युद्ध सुरु भएपछि यस मार्ग हुँदै जाने जहाजमा आक्रमणका घटना बढेका छन् र समुद्री यातायात प्रभावित भएको छ ।

खाडी क्षेत्रका विभिन्न देशले पनि नयाँ आक्रमणको जानकारी दिएका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले आफ्ना क्षेत्रमा मिसाइल वा ड्रोन आक्रमण प्रयास भएको बताएका छन् । कुवेतको गृह मन्त्रालयका अनुसार देशमा ड्युटीमा रहेका दुई सीमा रक्षकको मृत्यु भएको छ । सेनाले ड्रोन आक्रमण देशको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण ट्याङ्कीलाई लक्ष्य बनाइएको जनाएको छ ।

साउदी अरेबियाको रक्षा मन्त्रालयले राजधानी रियादस्थित कूटनीतिक क्षेत्रमा लक्षित आक्रमण प्रयाससहित १५ वटा ड्रोन रोकेको जानकारी दिएको छ । बहराइनले मिसाइलको भग्नावशेष खस्दा तीन जना घाइते भएको र समुद्री पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने डिसेलिनेसन प्लान्ट क्षतिग्रस्त भएको जनाएको छ । इरानले भने आफ्नो सैन्य क्षमता अझै बलियो रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गाड्र्सका प्रवक्ताले देशको सेनाले छ महिनासम्म ‘तीव्र युद्ध’ लड्न सक्ने बताएका छन् । उनका अनुसार आगामी दिनहरूमा अझ उन्नत मिसाइल प्रणाली प्रयोग गर्न सकिने छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि छिमेकी देशको भूमिबाट आक्रमण भए त्यसको जवाफ दिन तेहरान बाध्य हुने बताएको छन्। राज्य टेलिभिजनमा प्रसारित टिप्पणीमा उहाँले यस्तो प्रतिक्रिया कुनै देशसँग विवाद सिर्जना गर्न नभई सुरक्षाका लागि आवश्यक कदम हुने बताउनुभयो । एक दिनअघि पेजेस्कियानले आफ्नो देशविरुद्ध आक्रमणका लागि अमेरिकी सैन्य आधार उपलब्ध गराएका छिमेकी देशसँग क्षमा याचना पनि गरेको थिए।

यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक प्राथमिक विद्यालयमा भएको घातक आक्रमणका लागि तेहरानलाई दोष दिएको छन् । इरानी अधिकारीका अनुसार उक्त घटनामा कम्तीमा १५० जनाको मृत्यु भएको छ । एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आक्रमण इरानकै कारण भएको दाबी गरेको थिए। तर न्युयोर्क टाइम्सको अनुसन्धानले उक्त घटनामा सम्भवत: अमेरिकी सेना जिम्मेवार हुन सक्ने सङ्केत गरेको छ । एएफपीले भने घटनास्थलमा पहुँच नपाएकाले त्यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

युद्धसँग सम्बन्धित अर्को घटनामा अमेरिकी पनडुब्बीसँगको ठक्करपछि डुबेको इरानी युद्धपोतका चालक दलका केही सदस्यलाई श्रीलङ्काको अस्पतालबाट डिस्चार्ज गरिएको छ । २२ जना चालक दल सदस्य उपचारपछि अस्पतालबाट बाहिरिएका छन् भने अन्य १० जनाको उपचार जारी रहेको बताइएको छ । श्रीलङ्काले अन्तर्राष्ट्रिय पानीमा भएको उक्त दुर्घटनापछि जहाज डुबेको स्थानबाट ८४ जनाको शव फेला पारेको जनाएको छ भने ६० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ । आक्रमणपछि अर्को इरानी युद्धपोतले श्रीलङ्काको समुद्री क्षेत्रमा शरण लिएको जानकारी पनि सार्वजनिक गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सरकारको निर्देशन

नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने

आयोग र प्रतिष्ठानलाई खारेज होइन, सुधार गरी सुदृढ बनाइनेछ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...

युएईले नेपाललाई दियो १२९ रनको चुनौती : सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखौँ : शिक्षामन्त्री पोखरेल

उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...

तीन ऐन संशोधनका विधेयक संसद्मा पेश गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई जना नियुक्त

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending