Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

सुनसरी–१ मा हर्क साम्पाङ विजयी: सडकदेखि सदनसम्मको यात्रा

खबरडबली संवाददाता

धरान। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएको छन्।

राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएको छ भने उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गरेको छन्।

राई ८ हजार ४ सय  ९२ बढि मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत प्राप्त गरेको छन्। नेकपा ९एमाले० का उम्मेदवार टिकाराम लिम्बुले ६  हजार ४ सय ६३ मत प्राप्त गरेको छन् भने नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९  सय ७०  मत प्राप्त गरेको छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन्। कुल  मतमध्ये ४७ हजार ९ सय ८ महिला र ४० हजार ४ सय ६४ पुरुष मतदाताले मतदान गरेका छन्।

सुनसरी १ को कुल मतमध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो। जसमा  ४ हजार ३ ८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

सामाजिक अभियन्ताका रूपमा पहिचान बनाएका राई अहिले संघीय संसदसम्म पुगेको छन्। स्थानीय मुद्दा उठाउँदै आएको उनले निरन्तर संघर्ष र जनसमर्थनको आधारमा धरानको स्थानीय राजनीतिदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेको हो। 

लाहुरे परिवारमा जन्मिनुभएको राईले खोटाङको कोपिलासगढी गाउँपालिका–खार्ताम्छामा प्रारम्भिक शिक्षा हासिल गरेको थिए। प्रवेशिका उत्तीर्ण गरेपछि उहाँ २०५६ सालतिर धरान झरेको हो। धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गरेको छन्।

२०७२ सालमा धरान–१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तार गर्ने क्रममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितसँग मिलेर आन्दोलन गरेको थिए। त्यही आन्दोलनबाट उनी सामाजिक अभियन्ताका रूपमा चिनिन थालेको हो। 

गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएको थिए। त्यससँगै धरानले पहिलो पटक स्वतन्त्र नगर प्रमुख पाएको थियो । 

नगरप्रमुख बनेपछि उहाँले श्रमदानको पुन: विकास गर्नुभई विभिन्न अभियान श्रमदान मार्फत सुरु गरेको थिए। उनको पहलमा धरान–२० स्थित कोकाहा खोलाबाट पानी ल्याउने अभियानअन्तर्गत ९८ दिनमा  श्रमदानमार्फत धरानमा पानी ल्याउन सफल भएको थियो ।यस अभियानले राईलाई थप व्यापक जनसमर्थन दिलाएको थियो । 

स्थानीय विकास, खानेपानी, सरसफाइ र सडक सुधारका मुद्दामा सक्रिय रहँदै उनले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको थिए। निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी गोमा तामाङलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको हो ।

राईको यस राजनीतिक यात्रा सामाजिक अभियान, सडक आन्दोलन, स्वतन्त्र नगर प्रमुख हुँदै संघीय संसदसम्म पुगेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अझै तीन दिन बादल लाग्ने, हल्का वर्षाको सम्भावना

काठमाडौँ। देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको स...

कैलाली–४ मा नेकपाका उम्मेदवारसहित १३ जनाको धरौटी जफत

कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क...

केपी खनाल कैलाली–२ बाट निर्वाचित

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का २६ वर्षीय केपी खनाल कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले यहाँ १९,५७० मत प्राप्...

धनुषा–४ मा रास्वपाका महतो दोब्बरभन्दा बढी मतले विजयी

जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो प्रतिद्वन्द्वीभन्दा दोब्बरभ...

कांग्रेसका उम्मेदवार मल्ललाई भारी मतले हराउदै स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रे विजयी

स्याङ्जा। स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का झविलाल डुम्रे विजयी भएको छन्। फागुन १ गते सम्पन्न प्रतिनिधिस...

सीके राउतलाई भारी मतले हराउँदै सप्तरी–२ मा रास्वपाका रामजी यादव विजयी

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन्। राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचि...

इलाम–१ मा अग्रता बढाउँदै एमालेका काजीमान

इलाम। इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै गएको छन् ।  अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेक...

सुनसरी–१ मा हर्क साम्पाङ विजयी: सडकदेखि सदनसम्मको यात्रा

धरान। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएको छन्। राईले ३५ हजार ७ सय ...

काठमाडौँमा प्रदूषण बढ्यो

काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका म...

रौतहट ३ मा रास्वपाका रबिन्द्र पटेल विजयी

रौतहट। रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी भएको छन् ।  उनी आफ्ना निकटम प्रत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE