कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ती उम्मेदवारहरूको धरौटी जफत भएको हो। कैलाली–४ मा कुल ५८ हजार २८३ मत सदर भएको थियो। धरौटी जोगाउन कम्तीमा पाँच हजार ८२९ मत ल्याउनुपर्नेमा नेकपाका उम्मेदवार उत्सवले पाँच हजार ६०९ मत मात्र प्राप्त गरे।
फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाका उत्सवसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार, नागरिक उन्मुक्ति पार्टीका धनबहादुर सुनार, श्रम संस्कृति पार्टीका भीमबहादुर थापामगर, स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्ट खत्री, नेकपा (माओवादी) का भक्तबहादुर शाही, उज्यालो नेपाल पार्टीका सुभाष कुँवर, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोट, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, नेपाल मजदुर किसान पार्टीकी अमृता भूसाल, नेकपा (संयुक्त) का मोहनदेव मिश्र र मितेरी पार्टी नेपालका दिनेशकुमार मल्लको धरौटी जफत भएको छ।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएको थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेको थिए। यस्तै, नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले नौ हजार ४४४ मत पाएर आफ्नो धरौटी जोगाउन सफल भएको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: