काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उल्लेखनीय प्रदर्शन गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका उम्मेदवार दुई क्षेत्रमा विजयी भइसकेका छन् भने अन्य १० क्षेत्रमा अग्रता कायम गरेका छन्।
कालीकोट–१ मा नेकपाका महेन्द्रबहादुर शाही ११ हजार ३३७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन्।
त्यसैगरी रूकुम पूर्व–१ मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।
यसैबीच अन्य विभिन्न क्षेत्रमा पनि नेकपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। सिन्धुली–२ मा लेखनाथ दाहाल (राजन) ११ हजार ५७२ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल ६ हजार ७८७ मतसहित पछ्याइरहेका छन्।
काभ्रे–१ मा दीननाथ गौतम ९ हजार ३६७ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका गुणराज मुक्तान ७ हजार ५२६ मतसहित दोस्रो स्थानमा छन्। रोल्पा–१ मा वर्षमान पुन ८ हजार २९३ मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका सुदनकुमार वली ४ हजार ८०२ मतसहित पछ्याइरहेका छन्।
सल्यान–१ मा रमेशकुमार मल्ल ८ हजार ३९ मतसहित अग्रस्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द ४ हजार ९९२ मतसहित दोस्रो स्थानमा छन्। रूकुम पश्चिम–१ मा गोपाल शर्मा ७ हजार २७२ मतसहित अग्रता लिइरहेका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा ५ हजार १६० मतसहित पछाडि छन्।
अछाम–१ मा भीमबहादुर रावल ४ हजार १४४ मतसहित अगाडि छन् भने नेकपा एमालेका दिपकबहादुर साउंद ३ हजार ७९० मतसहित दोस्रो स्थानमा छन्।
सिन्धुपाल्चोक–२ मा युवराज दुलाल ३ हजार ६०६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका वंशलाल तामाङ ३ हजार २४१ मतसहित पछ्याइरहेका छन्।
रामेछाप–१ मा श्यामकुमार श्रेष्ठ २ हजार ४६६ मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका रामचन्द्र खड्का १ हजार ९८९ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै डोल्पा–१ मा धनबहादुर बुढा २ हजार ९४ मतसहित अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर बुढा ४२७ मतसहित पछाडि छन्।
हुम्ला–१ मा दीपेन्द्र रोकाया १ हजार २७१ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका जयपति रोकाया ४१६ मतसहित दोस्रो स्थानमा छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ०९:३५
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
फाल्गुन २३ गते, २०८२ - ०९:२५
परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?
फाल्गुन २३ गते, २०८२ - ०८:२१
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...
फाल्गुन २३ गते, २०८२ - ०८:२०
बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...
फाल्गुन २३ गते, २०८२ - ०८:१४
म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...
फाल्गुन २३ गते, २०८२ - ०८:०१
अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...
फाल्गुन २३ गते, २०८२ - ०७:५०
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । नेपाली ...
फाल्गुन २३ गते, २०८२ - ०७:३१
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा जारी मत गणनामा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हजार मतले अग्रता बनाएका छन् । सुरुवाती चरणमा रास्व...
फाल्गुन २३ गते, २०८२ - ०७:२९
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उल्लेखनीय प्रदर्शन गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका उ...
फाल्गुन २३ गते, २०८२ - ०७:२६
काठमाडौं। गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनि...



प्रतिकृया लेख्नुहोस्: