काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्मको परिणाममा रास्वपाले १५ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने अन्य १०२ क्षेत्रमा उसका उम्मेदवारहरू अगाडि छन्।
आयोगका अनुसार रास्वपाबाट मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम र काठमाडौँ ५ मा सस्मित पोखरेल विजयी भएका छन्। त्यस्तै, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ मा कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी निर्वाचित भएका छन्।
हालसम्म २० स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ। नेपाली कांग्रेसले ३ क्षेत्रमा जित निकालेको छ, जसमा मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन थकाली र दैलेख १ बाट बासना थापा विजयी भएका छन्। कांग्रेस अहिले ११ स्थानमा अगाडि छ।
यता, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रुकुम पूर्वमा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' विजयी भइसकेका छन्। नेकपाका उम्मेदवारहरू ११ क्षेत्रमा अग्रस्थानमा छन्। नेकपा (एमाले) बाट बाँके १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् भने एमालेका उम्मेदवार १२ क्षेत्रमा अगाडि छन्।
जारी मतगणनामा श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा अगाडि छन्। कुल १६५ निर्वाचन क्षेत्रमध्ये हाल १६० क्षेत्रमा मतगणना भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ०८:२१
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...
फाल्गुन २३ गते, २०८२ - ०८:२०
बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...
फाल्गुन २३ गते, २०८२ - ०८:१४
म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...
फाल्गुन २३ गते, २०८२ - ०८:०१
अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...
फाल्गुन २३ गते, २०८२ - ०७:५०
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । नेपाली ...
फाल्गुन २३ गते, २०८२ - ०७:३१
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा जारी मत गणनामा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हजार मतले अग्रता बनाएका छन् । सुरुवाती चरणमा रास्व...
फाल्गुन २३ गते, २०८२ - ०७:२९
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उल्लेखनीय प्रदर्शन गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका उ...
फाल्गुन २३ गते, २०८२ - ०७:२६
काठमाडौं। गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनि...
फाल्गुन २३ गते, २०८२ - ०७:१७
म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुनको विजय सुनिश्चित भएको छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले...
फाल्गुन २३ गते, २०८२ - ०७:०४
काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा मतगणना भइरहेको छ भने ...



प्रतिकृया लेख्नुहोस्: