Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : गुरुराज घिमिरेको चुनावी संयोजक, निष्ठाको राजनीतिमा गम्भीर विरोधाभास

मिटरब्याज, असुली, धम्की र गुन्डागर्दीमा संलग्न रहेको आरोप जेल सजाय भुक्तान गरिसकेका व्यक्ति

खबरडबली संवाददाता

विराटनगर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ–४ मा चुनावी सरगर्मी चुलिएको छ। नेपाली कांग्रेसका महामन्त्री तथा उम्मेदवार गुरुराज घिमिरे यतिबेला मतदाता भेटघाटमा व्यस्त छन्। सादगी, बौद्धिकता र निष्ठाको राजनीतिका प्रतीक मानिने घिमिरेको चुनावी अभियान भने पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ।

विवादको केन्द्रमा छन्—उनका युवा परिचालन संयोजक अभिषेक गिरी, जसको आपराधिक र विवादास्पद पृष्ठभूमिले घिमिरेको नैतिक छविमाथि गम्भीर प्रश्न उठाएको छ।

फौजदारी अभियोगमा दोषी, जेल सजाय भुक्तान गरिसकेका व्यक्ति

अभिषेक गिरी अपहरण तथा शरीर बन्धकजस्ता गम्भीर फौजदारी मुद्दामा अदालतबाट दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उनीमाथि विगतदेखि नै मिटरब्याज, असुली, धम्की र गुन्डागर्दीमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

यस्ता व्यक्तिलाई कांग्रेसका महामन्त्री घिमिरेले आफ्नो चुनावी अभियानको युवा कमाण्डर बनाएपछि पार्टीभित्र र बाहिर व्यापक असन्तोष देखिएको छ।

‘निष्ठाको राजनीति’ र ‘दागी पात्र’को सहकार्य

नेपाली कांग्रेसभित्र वैचारिक र नैतिक राजनीतिका प्रतिनिधि मानिने घिमिरेले आपराधिक पृष्ठभूमिका गिरीलाई चुनावी सारथी बनाउँदा स्वयम् उनको राजनीतिक निष्ठामाथि प्रश्न उठेको छ।

कांग्रेसका एक कार्यकर्ताका शब्दमा,

“चुनावी खर्च र व्यवस्थापनकै लागि दागी व्यक्तिको सहारा लिँदा घिमिरेको राजनीतिक उचाइमा गम्भीर दाग लाग्ने खतरा छ।”

सुरक्षा स्रोतका अनुसार गिरी अहिले पनि पुरानै शैलीमा मिटरब्याज र अवैध असुलीको धन्दामा संलग्न रहेको आरोप खेपिरहेका छन्। तर, गिरी भने ती आरोप अस्वीकार गर्दै आलोचकलाई धम्कीपूर्ण भाषा प्रयोग गर्छन्।

कानुन र पार्टी विधानकै उल्लङ्घन

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार अपहरण, सम्पत्ति शुद्धीकरण, नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भइसकेका व्यक्तिले राजनीतिक दलको सदस्यता पाउन पाउँदैनन्। नेपाली कांग्रेसको विधानले पनि यस्ता व्यक्तिलाई क्रियाशील सदस्य बन्न अयोग्य ठहर गरेको छ।

तर, यिनै कानुनी र नैतिक मापदण्डको ठाडो उल्लङ्घन गर्दै गिरीलाई घिमिरेको चुनावी अभियानको अग्रमोर्चामा उभ्याइएको छ।

कांग्रेसभित्रै असन्तोष

मोरङ–४ का टोल–टोलमा एकातिर निष्ठाको राजनीति गर्ने घिमिरेका पोस्टर देखिन्छन् भने अर्कोतिर गिरीको सक्रिय उपस्थिति देखिन्छ। यो दृश्यले कांग्रेसका पुराना, इमान्दार कार्यकर्तालाई गहिरो असहजता दिएको छ।

राजनीतिक विश्लेषक नवराज पाण्डे भन्छन्, “कानुनले दोषी ठहर भइसकेका व्यक्ति फ्रन्टलाइनमा बसेर चुनाव प्रचार गर्नु राजनीतिक नैतिकताका हिसाबले अस्वीकार्य हो। यस्तो सहकार्यले नेताको छविमा प्रत्यक्ष क्षति पुर्‍याउँछ।”

जितभन्दा ठूलो प्रश्न : नैतिकता

गिरीको उपस्थितिले घिमिरेको चुनावी अभियानलाई लाभभन्दा बढी नैतिक क्षति पुर्‍याइरहेको विश्लेषण कांग्रेसकै कार्यकर्ताहरू गर्छन्। अहिले विराटनगरका चिया पसलदेखि राजनीतिक वृत्तसम्म एउटै प्रश्न गुञ्जिएको छ— “के सादगी र निष्ठाको राजनीति गर्ने गुरुराज घिमिरेले दागी पात्रको आडमा आफ्नो राजनीतिक विरासत जोगाउन सक्लान् ?”

चुनावी नतिजा जे आए पनि, अभिषेक गिरीसँगको सहकार्यले गुरुराज घिमिरेको राजनीतिक यात्रामा गहिरो छाप छाड्ने निश्चित देखिन्छ।
अब अन्तिम मूल्याङ्कन मतदाताकै हातमा छ— नैतिकताको राजनीतिमा यस्तो विरोधाभासलाई उनीहरूले स्वीकार गर्छन् कि अस्वीकार ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्खुवासभामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचियो

सङ्खुवासभा  । सङ्खुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचिँदा एउटा ट्रक नदीमा खसेको छ। मकालु गाउँपालिका–५ र २ को सिमानास्थि...

आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : गुरुराज घिमिरेको चुनावी संयोजक, निष्ठाको राजनीतिमा गम्भीर विरोधाभास

मिटरब्याज, असुली, धम्की र गुन्डागर्दीमा संलग्न रहेको आरोप जेल सजाय भुक्तान गरिसकेका व्यक्ति

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ८३ वटा विद्यालयका ३६ हजार २ सय ८० जना विद्यार्थी, शिक्षक ...

प्रेम सम्बन्धले लियो धनुषामा युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका क...

देशभर २१ निर्वाचन क्षेत्रमा महिलाको कमान्ड

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक देशभर २१ वटा निर्वाचन क्षेत्रमा महिलाले नेतृत्व सम्हालेका छन्। १६५ वटै निर्वाचन क्षेत्रमध्ये १८ जना महिला नि...

रोल्पाबाट आज प्रचण्डको अन्तिम चुनावी सम्बोधन

रोल्पा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रोल्पाबाट अन्तिम सार्वजनिक चुनावी सम्बोधन गर्ने भएका छन्। नेपाल कम्यु...

कार र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

काठमााडाैें  ।  झापामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।  गएराति बिर्तामोड नगरपालिका ४ ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...

चुनावी रौनक: काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको भीड ह्वात्तै बढेपछि ‘रिजर...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE