Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

हामीले यस्तो खर्चिलो र महँगो निर्वाचन प्रणाली खोजेकै होइनौँ, प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा छोड्दैनौ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा आफ्नो पार्टीले नछाडेको बताएका छन्।

शनिबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त एजेन्डा निर्वाचनपछि संविधान संशोधनमार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘देश अहिले जहाँ छ, हाम्रै संघर्ष र हाम्रै योद्धाहरूको बलिदानका कारण छ,’ प्रचण्डले भने, ‘हामी सुरुदेखि नै प्रत्यक्ष कार्यकारी प्रमुखको आवाज उठाउँदै आएका हौँ। त्यो अझै पूरा भएको छैन।’

उनले नेकपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा अडिग रहेको स्पष्ट पारे। ‘हामीले यस्तो खर्चिलो र महँगो निर्वाचन प्रणाली खोजेकै होइनौँ। पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत आम नेपालीको अभिमतलाई सम्मान गर्न चाहेका हौँ। त्यो गर्न बाँकी छ,’ उनले भने।

निर्वाचनपछि संसद्बाट संविधान परिमार्जन गर्ने योजना रहेको पनि उनले बताए। ‘यो निर्वाचनपछि संसद्बाट जेनजी युवाहरूले उठाएको भ्रष्टाचारविरुद्धको अभियानलाई सम्बोधन गर्दै संविधान परिमार्जन गरेर देशलाई विकसित दिशामा लैजाने कुरामा हामी प्रतिबद्ध छौँ,’ प्रचण्डले भने।

यसका लागि नयाँ अभियान र दह्रो अडान आवश्यक रहेको उनले उल्लेख गरे।

त्यस्तै, आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा उनले जोड दिए। ‘त्यसरी मात्रै नेपाली जनताको विजय सुनिश्चित गर्न सकिन्छ,’ उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार पूर्वाग्रहको पोको हो, सम्पत्ति छानबिन आयोग मान्दिन र बयान पनि दिन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध, बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...

नागढुंगा सुरुङमार्गका लागि जापानबाट थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...

लुम्बिनी सरकारमा एमालेका चार नयाँ मन्त्री सिफारिस

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...

लुम्बिनी सरकारका एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...

सुन चाँदी मुल्य कति बढ्यो ?

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...

राष्ट्रपति कार्यालयबाट चोरिए हात्तीका दाह्रा, ६ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending