इस्लामाबाद। अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ ।
यसले सीमा क्षेत्रमा बढ्दो सैन्य तनावलाई नयाँ कूटनीतिक आयाम दिएको छ । पाकिस्तानले बिहीबार राति सीमापारबाट भएको आक्रमणको जवाफमा शुक्रबार बिहान अफगानिस्तानभित्र हवाई आक्रमण सुरु गरेको जनाएको छ । पाकिस्तानका सूचनामन्त्रीका अनुसार अपरेसन सुरु भएयता ३७ स्थानलाई हवाई लक्ष्य बनाइएको छ । प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले ‘आक्रमणप्रति तत्काल र प्रभावकारी प्रतिक्रिया जारी रहेको’ बताउनुभएको छ ।
रातभर थप आक्रमण भएको विषयमा स्पष्ट पुष्टि नभए पनि कारबाही जारी रहेको सङ्केत अधिकारीले दिएका छन् । अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले आफ्नो पाकिस्तानी समकक्षीसँगको वार्तापछि सामाजिक सञ्जालमार्फत पाकिस्तानको आत्मरक्षाको अधिकारप्रति समर्थन व्यक्त गर्नुभएको हो । यसैबिच तालिबान सरकारले आतङ्कवादीलाई शरण दिएको आरोप अस्वीकार गर्दै द्वन्द्व समाधानका लागि वार्ताको आह्वान गरेको छ ।
तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले ५५ पाकिस्तानी सैनिक मारेको र अन्यलाई पक्राउ गरेको दाबी गर्नुभएको छ भने १३ अफगान सैनिकको मृत्यु भएको बताउनुभएको छ । पाकिस्तानतर्फबाट २९७ अफगान तालिबान लडाकू मारिएको दाबी गरिएको छ । यसअघि इस्लामाबादले आफ्ना १२ सैनिक मारिएको जनाएको थियो । अफगान उपप्रवक्ता हमदुल्ला फित्रतले खोस्त र पक्तिका प्रान्तमा कम्तीमा १९ सर्वसाधारण मारिएको बताउनुभएको छ ।
दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । विश्लेषकका अनुसार यस पटक पाकिस्तानले पहिलो पटक अफगान सरकारी संरचनामै हवाई आक्रमण केन्द्रित गरेको देखिएको छ, जुन अघिल्ला कारबाहीभन्दा कडा परिवर्तन हो । दुई देशबिचको सम्बन्ध पछिल्ला महिनामा तीव्र रूपमा बिग्रिएको छ । अक्टोबरको झडपमा ७० भन्दा बढीको ज्यान गएपछि सीमा नाका प्राय: बन्द अवस्थामा छन् ।
इस्लामाबादले तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहलाई नियन्त्रण गर्न काबुल असफल भएको आरोप लगाउँदै आएको छ, जसलाई तालिबानले अस्वीकार गरेको छ । जैदीले सीमा क्षेत्रमा राति ठुलो झडप नभए पनि खोस्त नजिकै पाकिस्तानी चौकीमा आक्रमण भएको जानकारी दिएको छन् । तनाव बढेसँगै चीन, बेलायत, संयुक्त राष्ट्रसङ्घ, रेडक्रस, इरान, साउदी अरेबिया र कतारले संयमता र वार्तामा फर्कन आह्वान गरेका छन् ।
जेनेभामा रेडक्रस प्रमुख मिर्जाना स्पोल्जारिकले मानवीय सहायता तयारी अवस्थामा रहेको तर दीर्घकालीन समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताको छ । गत वर्ष कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुन सकेको थिएन । हालको घटना क्रमले दुई छिमेकीबिचको अविश्वास अझ गहिरिएको सङ्केत गरेको छ । यसको प्रभाव क्षेत्रीय स्थिरतामा पर्ने चिन्ता बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - १५:३८
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीलाई नयाँ स्नाइपर राइफल उपहार ...
फाल्गुन १६ गते, २०८२ - १५:०५
सुर्खेत। नेकपा (एमाले) का प्रचार विभाग संयोजक मिनबहादुर शाहीले निर्वाचनको मुखमा जेनजी पुस्ताको आन्दोलनको बिबिसीको डकुमेन्ट्री मतदाताको मनोविज्ञान प्रभ...
फाल्गुन १६ गते, २०८२ - १४:५८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेलले इरानमा गरेको हमलामा अमेरिका पनि सामेल भएको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा...
फाल्गुन १६ गते, २०८२ - १४:४१
दुबई । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन...
फाल्गुन १६ गते, २०८२ - १४:३०
बैतडी। ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ। मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुन...
फाल्गुन १६ गते, २०८२ - १४:१३
काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको...
फाल्गुन १६ गते, २०८२ - १४:०६
हुम्ला। गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५, हिल्सा सडक खण्ड र वडा-६ मा पर्ने न्यालु सडक खुलाउनका लाग...
फाल्गुन १६ गते, २०८२ - १४:००
इस्लामाबाद। अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ...
फाल्गुन १६ गते, २०८२ - १३:३०
गुल्मी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै रुखमा बाँधेर देश नबन्ने बताएका छन्। गु...
फाल्गुन १६ गते, २०८२ - १२:५१
सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गरेको छ । ...



प्रतिकृया लेख्नुहोस्: