Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई पदमुक्त गर्न सर्वाेच्चको अस्वीकार

खबरडबली संवाददाता

काठमाडौँ । सर्वोच्च अदालत ले ‘जेनजी’ आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ। अदालतले रिट निवेदन खारेज गरे पनि कार्कीले नियुक्तिपूर्व व्यक्त गरेका अभिव्यक्तिले उनको निष्पक्षतामा प्रश्न उठाएको स्वीकार गर्दै उक्त पदमा बस्ने वा नबस्ने विषय उनको व्यक्तिगत नैतिकताको विषय भएको ठहर गरेको छ।

अधिवक्ता विपिन ढकालले आयोगका पदाधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए। न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले २०८२ पुस ११ गते गरेको फैसलाको पूर्ण पाठमा यस्तो उल्लेख गरिएको हो।

अदालतले कार्कीका अभिव्यक्तिले एक विवेकशील व्यक्तिको नजरमा उनको निष्पक्षतामा शङ्का उत्पन्न गराउन सक्ने कुरालाई नकार्न नसकिने जनाएको छ। तर जाँचबुझ आयोग न्यायिक वा अर्धन्यायिक निकाय नभई तथ्य सङ्कलन गरी सरकारलाई प्रतिवेदन बुझाउने निकाय मात्र भएकाले ‘पूर्वाग्रहको आशङ्का’ का आधारमा कार्यपालिकाले नियुक्त गरेको व्यक्तिलाई अदालतले हटाउनु शक्ति पृथकीकरण र न्यायिक संयमको सिद्धान्तविपरीत हुने ठहर गरेको छ। कार्कीमा कानुनले तोकेको योग्यता नपुगेको अवस्था नदेखिएकाले उनलाई बर्खास्त गर्न अस्वीकार गरिएको हो।

फैसलामा उल्लेख छ— आफूले सार्वजनिक रूपमा अभिव्यक्त गरेको धारणासम्बन्धी विषयमै जाँचबुझ गरी प्रतिवेदन दिने जिम्मेवारी स्वीकार गर्ने वा नगर्ने भन्ने कुरा निजको व्यक्तिगत नैतिकताको विषय देखिन्छ र यस्तो विषयमा सम्बन्धित व्यक्तिले नै नैतिक विवेकअनुकूल निर्णय लिनु उपयुक्त हुन्छ।

रिट खारेज भए पनि अदालतले भविष्यमा सार्वजनिक महत्त्वका विषयमा जाँचबुझ आयोग गठन गर्दा पदाधिकारीको निष्पक्षता र तटस्थतामा प्रश्न नउठ्ने तथा आयोगप्रति सार्वजनिक विश्वास कायम रहने गरी नियुक्ति गर्नू भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

२०८२ भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले काठमाडौँलगायतका स्थानमा गरेको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न सरकारले असोज ५ गते गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो। आयोग गठनअघि कार्कीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूमाथि कडा टिप्पणी गरेका थिए। निवेदकले यस्ता पूर्वधारणा राख्ने व्यक्तिबाट निष्पक्ष छानबिन सम्भव नहुने जिकिर गरेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म रवि लामिछाने भएकै कारण बोल्न परेको हो: रवि लामिछाने

मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला

नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ: बालेन शाह

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले मुलुकले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै व्यवस्...

चितवनले पर्यटनको माध्यमबाट देशलाई सिकाउनुपर्छ: बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले चितवनले नेपालमा पर्यटन प्रवर्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने ...

अब सदनमा २१ होइन, १५१ जनाको सहभागिता हुनेछ : हरि ढकाल

काठमाडौं। चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अबको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट १५१ जनाको सहभागिता...

यो सामान्य निर्वाचन होइन, तीनवटा प्रवृत्तिबीचमा जनमत संग्रह हुँदैछ: प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक, फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको...

सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा

बुटवल। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गरेको छन्। उनले नेपाली कांग्रेस बदलिएर ...

महाकाली सन्धिबारे स्पष्ट छु, मेरो हस्ताक्षर छैन: देवराज घिमिरे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट झापा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व सभामुख देवराज घिमिरे ले महाकाली सन्धिबारे आफू...

निर्वाचनका लागि ११ दलका एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले...

जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई पदमुक्त गर्न सर्वाेच्चको अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालत ले ‘जेनजी’ आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ। अद...

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

फुङलिङ। ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा मतदान अधिकृत निर्वाचन सामग्रीसहित प्रस्थान गरेका छन् । जिल्लाको हिमाली बस्ती याङ्गा, ओलाङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE