पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–३३ भरतपोखरीबाटै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
बिहीबार भरतपोखरीमा मतदाता भेटघाटका क्रममा लामगादीमा आयोजित युबा भेलामा उनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू सधैं पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा उभिएको बताए ।
सार्वजनिक गरिएको विवरणअनुसार उम्मेदवार आचार्यको आफ्नै नाममा हाल कुनै सम्पत्ति रहेको छैन । पुख्र्यौली जग्गा जमिन उनको वुवाको नाममा रहेको छ । आफुले लेखेको लेखबाट प्राप्त रकम र श्रीमतीको जागिर नै आफ्नो कमाई भएको आचार्यले स्पष्ट पारे ।
इमानदारी र नैतिकतालाई उच्च आदर्श मानेर अघि बढेको छु । अहिलेसम्म कसैसँग बेइमानी गरेको छैन, भोलि पनि गर्ने छैन,” आचार्यले भने, ‘आज मसँग जे–जति छ, तपाईँहरूलाई जानकारी गराएको छु, भोलि पनि नियमित रूपमा जानकारी गराउनेछु ।’
नले पदमा पुगेपछि मात्र होइन, उम्मेदवारीकै चरणमा सम्पत्ति विवरण सार्वजनिक गर्नु जनताप्रतिको उत्तरदायित्व भएको उल्लेख गरे । विजयी भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा रहे पनि आफूले आम मतदातालाई सुसूचित गर्ने उद्देश्यले अग्रीम रूपमा विवरण सार्वजनिक गरेको स्पष्ट पारे ।
समृद्धि र विकासलाई ‘अर्जुन दृष्टि’ बनाउँदै निःस्वार्थ सेवाभावका साथ उम्मेदवारी दिएको बताउने आचार्यले आफ्नै जन्मभूमिका बासिन्दालाई साक्षी राखेर सम्पत्ति विवरण सार्वजनिक गर्नु राजनीतिक इमानदारीताको उदाहरण भएको स्थानीयवासीको धारणा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...
आषाढ़ ८ गते, २०८३ - ०९:३१
मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...
आषाढ़ ८ गते, २०८३ - ०९:२८
काठमार्डौं । गाजर एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...
आषाढ़ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...
आषाढ़ ८ गते, २०८३ - ०९:२१
वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...
आषाढ़ ८ गते, २०८३ - ०९:१४
धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...
आषाढ़ ७ गते, २०८३ - २२:०८
काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...



प्रतिकृया लेख्नुहोस्: