बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् ।
चुनाव प्रचार–प्रसारका लागि घरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
‘जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचार–प्रसारको क्रममा दुवै पक्षबीच झडप भएको हो,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले भने ।
उनका अनुसार झडपमा डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी घाइते भएका छन् ।
घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको, माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक भुवन तिमिल्सेनाको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घटनाको छानबिनका लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘छानबिन र अनुसन्धानपछि घटनाबारे थप विषय प्रष्ट हुन्छ ।’
प्रहरीले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बेला एमाले र रास्वपा दुवैले घटनाबारे एकले अर्कोलाई आरोप लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - ०९:२३
दाङ । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ । सो राष्ट्रिय निकुञ्जभित्र पर्ने ब...
फाल्गुन १४ गते, २०८२ - ०९:२२
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेत...
फाल्गुन १४ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् । स्वास्थ्य उपचारका लागि बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट...
फाल्गुन १४ गते, २०८२ - ०८:२८
चुनावमा कमजोर नतिजा आए विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न सक्छ
फाल्गुन १४ गते, २०८२ - ०८:१३
दोधारा चाँदनी । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधार...
फाल्गुन १४ गते, २०८२ - ०८:०९
सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णा...
फाल्गुन १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१...
फाल्गुन १४ गते, २०८२ - ०७:२३
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पाल...
फाल्गुन १४ गते, २०८२ - ०७:२१
मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहा...



प्रतिकृया लेख्नुहोस्: