Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

आइएसको अपहरणमा परेकामध्ये १९ सिरियाली मुक्त

दमासकास,  सिरियाबाट अपहरण गरिएका सिरियाली क्रिश्चियन समुदायका नागरिकमध्ये इस्लामिक स्टेट् आइएसका सदस्यहरुले १९ जनालाई मुक्त गरिदिएका छन् ।

गत महिना आइएसका लडाकूले सिरियाबाट कयौँ व्यक्ति अपहरण गरेका थिए । ती मध्ये आइतबार १९ जनालाई अपहरणमुक्त गरेका हुन् । सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको छ । सो अधिकारवादी संस्थाकाअनुसार आइएसका लडाकूहरुले उनीहरुको अदालतबाट फैसला भएको भन्दै १९ जनालाई अपहरणमुक्त गरिदिएको बताइएको छ ।

उनीहरुकाअनुसार पहिलो चरणमा उनीहरुले सो क्षेत्रबाट २९ जनालाई अपहरण गरेका थिए । बाँकीको बारेमा भने केही खुलाइएको छैन । सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेको हसाकाहा प्रान्तको ताल तमार भन्ने गाउबाट ठूलो सङ्ख्यामा क्रिश्चियन नागरिक अपहरण गरेका छन् । त्यसैगरी अर्काे यस्तै अपहरणको घटनाअनुसार आइएसका लडाकूहरुले यही फेब्रुअरी २३ मा २२० जना क्रिशिचयन धर्माबलम्बी नागरिकलाई अपरहण गरेका थिए ।

ती पछिल्लो समयमा अपरहणमा परेका ठूलो सङ्ख्याका नागरिकका बारेमा भने केही पनि बताइएको छैन ।

उता उत्तरीपूर्वी सिरियामा अमेरिकी सेनाको नेतृत्वमा रहेको सेनाले हवाई आक्रमण जारी राखेको जनाइएको छ । आइएस लडाकू समूहले करिव २२० जना सिरियाली क्रिश्चियन धार्मिक सम्प्रदायका व्यक्तिलाई अपहरण गरेको घटनापछि सो हवाई आक्रमण गरिएको जनाइएको छ ।

ती व्यक्तिको अपहरणमुक्तिका लागि विगतका केही दिनदेखि नै सो हवाई आक्रमण सुरु गरिएको छ । सिरियाको हसाकेह प्रान्तको ताल तामर सहरमा हवाई हमला गरिएको बताइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले पनि अपहरणमा परेका ती व्यक्तिलाई बिनासर्त तुरुन्तै मुक्त गर्न आइएसलगायत अन्य आतङ्ककारी समूहसँग मागसमेत गरेको छ ।

आइएस लडाकू समूहले सिरियामा बारम्बार आक्रमण गर्दै आएका छन् । हालै आएर यो समूहले लिबियामा आक्रमण सुरु गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies