Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेस फर्किए, नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि

खबरडबली संवाददाता

मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन्। नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेका हुन्।

रास्वपा मकवानपुरका संस्थापक सभापतिसमेत रहेका पराजुली रास्वपा छोडेसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस सभापति गगन थापाले सर्लाही–४ बाट पार्टीमा स्वागत गरेको कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिए।

पराजुलीसँगै रास्वपा मकवानपुर क्षेत्र नम्बर २ का चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेसमा फर्किएका छन्।

गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पराजुलीले १२ हजार ५९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।

पार्टी परित्यागको घोषणा गर्दै पराजुलीले रास्वपाले स्थापना कालमा अघि सारेको युवा राजनीति, जान्नेलाई प्राथमिकता दिने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धताबाट नेतृत्व विचलित भएको आरोप लगाए।

उनका अनुसार पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको छ। संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको तथा निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको उनले बताए।

यस्तै परिस्थितिमा मौन बस्न नसक्ने निष्कर्षसहित पार्टी परित्याग गरेको उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending