Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

७ महिनामा ७८ करोडको अदुवा निर्यात

खबरडबली संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७  महिनामा नेपालबाट हुने अदुवा निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म अवधिमा नेपालले ९ हजार ६ सय ५६ टन (९६ लाख ५६ हजार ५ सय ६० किलो) अदुवा विश्व बजार निर्यात गरेको छ । यसबाट मुलुकमा कुल ७७ करोड ७९ लाख १९ हजार रुपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको छ ।

गत आव २०८१/८२ सोही अवधिको तुलनामा यस वर्ष अदुवा निर्यात परिमाण झन्डै साढे तीन गुणा बढेको छ भने यसबाट हुने आम्दानी झन्डै दोब्बर वृद्धि भएको हो । गत वर्ष सात महिनामा नेपालबाट जम्मा २ हजार ७ सय १७ टन अदुवा मात्रै निर्यात भएको थियो, जसबाट देशले ३९ करोड ८४ लाख १९ हजारमात्र आम्दानी गरेको थियो ।

तथ्यांकलाई तुलनात्मक हेर्दा एक वर्ष अन्तरमा अदुवा निर्यातबाट हुने कुल आम्दानीमा करिब ३८ करोड रुपैयाँले वृद्धि भएको छ भने परिमाण झन्डै ६ हजार ९ सय ३९ टन बढेको छ ।

चालु आव नेपालबाट निर्यात भएको कुल अदुवामध्ये सबैभन्दा ठूलो हिस्सा ‘ताजा अदुवा’ को छ । यस अवधिमा ९ हजार १ सय ६१ टन ताजा अदुवा निर्यात भएको छ, जसबाट ५६ करोड ६५ लाख ४५ हजार आम्दानी भएको छ । जबकि, गत वर्ष सोही अवधिमा जम्मा २ हजार ४ सय ५३ टन ताजा अदुवा निर्यात गरी २८ करोड ४२ लाख रुपैयाँमात्र भित्रिएको थियो ।

ताजा अदुवाका साथै प्रशोधित अदुवा (सुठो र पिँधेको) निर्यातमा पनि उल्लेख्य सुधार आएको छ । यस वर्ष ७ महिनामा ३ सय २९ टन सुठो निर्यात हुँदा १७ करोड ८४ लाख ८७ हजार रुपैयाँ र अन्य प्रकारका पिँधेका वा प्रशोधन गरिएका १ सय ६६ टन अदुवा निर्यातबाट ३ करोड २८ लाख ८७ हजार भित्रिएको छ ।

गत वर्ष सोही अवधिमा २ सय ६३ टन सुठोमात्र निर्यात भएको थियो, जसको मूल्य ११ करोड ४१ लाख रुपैयाँ बराबर थियो ।

चालु आव नेपाली अदुवा भारत र बंगलादेश सहित युरोपको जर्मनी, खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियासम्म पुगेको छ । नेपाली अदुवाको सबैभन्दा ठूलो र परम्परागत बजार छिमेकी भारत नै रहेको छ ।  ७ महिना अवधिमा भारतमा मात्रै ८ हजार ९ सय ३७ टन ताजा अदुवा (५४ करोड ७१ लाख रुपैयाँ बराबर), १ सय ४४ टन सुठो (२ करोड ७५ लाख रुपैयाँ) र १ सय ६६ टन अन्य पिँधेको अदुवा (३ करोड २८ लाख रुपैयाँ) निर्यात भएको छ ।

भारतपछि ताजा अदुवाको दोस्रो ठूलो गन्तव्य बंगलादेश बनेको छ, जहाँ २ सय २४ टन ताजा अदुवा (१ करोड ९४ लाख रुपैयाँ) र १५ टन सुठो (१० लाख रुपैयाँ) निर्यात भएको छ । परिमाणका हिसाबले युरोपेली देश जर्मनीमा भारतमा भन्दा बढी सुठो निर्यात भएको छ र मूल्यका हिसाबले यो निकै फाइदाजनक देखिएको छ । यस अवधिमा जर्मनीमा १ सय ६४ टन सुठो निर्यात हुँदा १४ करोड ७४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।

त्यस्तै खाडी देश यूएईमा ५ टन सुठो निर्यात गरेर २४ लाख ७ हजार रुपैयाँ भित्र्याइएको छ भने अस्ट्रेलियामा पनि करिब १ सय १२ किलो (०.११ टन) पिँधेको अदुवा निर्यात भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending