सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको कामकाज मङ्गलबार ठप्प पारिएको छ।
सरकारी कार्यालयमा कार्यरत कर्मचारीले शान्ति सुरक्षा र मृतक सव-इन्जिनियर यादवलाई सहिद घोषणा गर्न माग गर्दै एक दिनका लागि जिल्लाभरका कार्यालयको कामकाज ठप्प पारेका हुन्। ३६ वर्षीय यादवको आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका–१०, देवीटोलस्थित डेरामा गोली प्रहार गरी हत्या भएको थियो।
सिरहाको सुखीपुर नगरपालिका–९, बैसाखा घर भएका यादवको हत्या रहस्यमय देखिएको छ। प्रहरीले मङ्गलबार दिउँसोसम्म घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन।
आन्दोलित कर्मचारीले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। कर्मचारी मिलन केन्द्र सर्लाहीसहित विभिन्न कर्मचारी सङ्घ–सङ्गठनले संयुक्त विज्ञप्ति निकाली साङ्केतिक रूपमा मङ्गलबार कार्यालय बन्द गरिएको र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव दिलीपकुमार थापाले प्रत्येक कार्यालयमा सेवा बन्द गरेर कालो ब्यानरसहित प्रदर्शन गरिएको जानकारी दिए। सव-इन्जिनियर यादवको परिवारलाई सोमबार बेलुका मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले भेट गरेको थिए।
उनले जिल्ला प्रहरी प्रमुखसहित अन्य प्रहरी अधिकारीलाई तत्काल दोषी पक्राउ गर्न र घटनाको गम्भीर ढङ्गले अनुसन्धान गर्न निर्देशन दिएको छन्। सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले सव-इन्जिनियर यादवको हत्यामा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको बताए। उनका अनुसार यादवमाथि गोली प्रहार हुनुको कारण अझै खुल्न सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १३:०४
जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...
श्रावण ५ गते, २०८३ - १२:४८
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...
श्रावण ५ गते, २०८३ - १२:३५
ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...
श्रावण ५ गते, २०८३ - १२:०३
ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...
श्रावण ५ गते, २०८३ - ११:३४
फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...
श्रावण ५ गते, २०८३ - ११:२७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...
श्रावण ५ गते, २०८३ - ११:२०
गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...
श्रावण ५ गते, २०८३ - ११:१५
काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...
श्रावण ५ गते, २०८३ - ११:०३
लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...
श्रावण ५ गते, २०८३ - १०:४७
बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...



प्रतिकृया लेख्नुहोस्: